2026-07-10 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा शौचालय निर्माण सामाग्री हस्तान्तरण गरिँदै

2016-12-21

पंकज धामी/पुस ६, दार्चुला । जिल्लालाई सन् २०१६ सम्म खुला दिशामुक्त गर्ने अभियानलाई सहयोग पु¥याउन सहयोगि सँस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआडिएस) ले अपि नगरपालिका विपन्न परिवारलाई सौचालय निर्माणका सामाग्री हस्तान्तरण गरेको छ । 

नगरपालिका क्षेत्रमा रहेका विपन्न परिवारलाई सहयोग गरी जिल्लाई पुर्व निर्धारित समयमै खुला दिशामुक्त गर्न सिआरडिएसले सामग्री हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई सौचालय सेट, एक बोरा सिमेन्ट र एक मिटर पाईप वितरण गरिरहेको सिआरडियस नेपालका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो । 

संस्थाले अहिलेसम्म माग भई आएका धापका २२ परिवारका लागि आवश्यक सामग्री वडा कार्यालयको जिम्मा लगाएको छ भने र बाँजका १४ घरधुरीबाट माग भएको सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको टिम लिडर ओझाले बताउनुभयो । यद्यपि सामाग्रीहरु घर निर्माण भईसकेपछि मात्रै विपन्न परिवारलाई हस्तान्तरण गरिनेछन् । 

जिल्लालाई सन् २०१६ सम्म खुला दिशामुक्त गर्न सक्ने सम्भव नभएपनि अभियानलाई समयभित्रै सम्पन्न गरिसक्न भुमिका खेलेको संस्थाले जनाएको छ । सिआरडिस नेपालले दार्चुला जिल्लाका २८ वटा गाविस र अपि नगरपालिकामा खुला दिशामुक्त अभियानमा सहयागो गरेको छ । 

आफ्नै घरमा सौचालय बनाउन पनि संघ संस्थाको मुख ताक्ने प्रबृतिले पनि जिल्लाई समयमै खुला दिशा मुक्त गर्न नसकिएको कतिपयको बुझाई छ । जिल्लाका अधिकांस ग्रामीण क्षेत्रमा सौचालय निर्माण भएपनि अपि नगरपालिकाका केही वडाहरुलाई अझै खुला दिशामुक्त घोषण गर्न कठीन देखिएको छ । सदरमुकाम क्षेत्रमा नै सरसफाईको अवस्था कमजोर देखिएपछि दुर्गम ग्रामीण क्षेत्रहरुको अवस्था के हुने ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो