३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

नेष्डो नेपालद्धारा तनहुँको शुक्लगण्डकीमा शोकसभा कार्यक्रम सम्पन्न

१५ भाद्र २०७२, मंगलवार ०५:२३

भाद्र १४, तनहुँ । नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास
संस्था, नेष्डो नेपाल, शाखा कार्यालय खैरनीटारको आयोजनामा तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका वडा नम्बर
१३ नालीममा शोक सभा तथा कर्जा मिनाह कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

संस्थाको खैरनीटार शाखा अन्र्तगत परिश्रमी महिला स्वावलम्वन केन्द्र,केन्द्र नम्बर २१ मा
आवद्ध सदस्य मिना वि.कको निधन भएको भन्दै उक्त शोक सभा आयोजना गरिएको हो ।

उक्त शोकसभामा संस्थाको नियमानुसार बि.कको नाममा संस्थामा वाँकीे कर्जा ३७ हजार २७८ रुपैयाँ
कर्जा एक कार्यक्रमका विच सोमबार मिनाहा गरिएको हो ।

बि.कले
क्रियाखर्च स्वरुप २ हजार ६ सय ५० र निजको नाममा रहेको वचत ५ हजार २६१ रुपैया गरी ७ हजार ९ सय ११ रुपैया
उहाँका हकवाला छोरी अस्मी बि.कलाई प्रवन्धक सुक बहादुर पुनले हस्तान्तरण गर्नु भएको थियो ।

विगत ५ वर्ष देखि संस्थाको लघु वित्त सेवामा आवद्ध भई विना धितो कर्जा
सेवा लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनु भएकी बि.कले यस वर्ष कस्मेटिक पसलको लागि साधारणकर्जा ४०
हजार रुपैयाँ कर्जा लिनु भएकोमा अन्य किस्ता भुक्तानी गरी संस्थामा तिर्न वाँकी रु ३७ हजार २७८ रुपैयाँ
कर्जा मिनाहा गरिएको हो ।

कार्यक्रममा शाखाका प्रवन्धक सुक
बहादुर पुनलेले नेष्डो नेपालमा आवद्ध विपन्न सदस्यको स्वर्गहरणमा हुने यस किसिमका श्रद्धान्जलीसभा तथा
कर्जा मिनाहा कार्यक्रमले आर्थिक रुपमा मात्र नभई महिलाहरुको आत्मासम्मान र गौरवमा समेत बृद्धि भएको
बताउनुभयो ।

श्रद्धान्जलीसभा तथा कर्जा मिनाहा कार्यक्रम
केन्द्र प्रमुख देउमाया गिरीको अध्यक्षता, केन्द्रका उपप्रमुख रिता पौडेलको स्वागत तथा केन्द्र प्रवन्धक
गंगा अधिकारीको संस्थागत प्रतिज्ञा एवंम सञ्चालन मा सम्पन्न भएको थियो ।

खैरनीटार शाखाले हालसम्म ८ जनालाई १ लाख ३८ हजार ६ सय २२ रुपैयाँ सदस्यको मृत्यूमा कर्जा
मिनाहा गरेको छ भने ३ सय ५६ जनालाई ६ लाख ४६ हजार २२२ रुपैँया अन्य कल्याणकारी सुविधा उपलव्ध गराएको
शाखाका केन्द्र प्रवन्धक गंगा अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले सदस्यहरुका लागि सुत्केरी खर्च, क्रियाखर्च, आवास मर्मत खर्च, छात्रवृत्रित्त तथा
दुर्घटना उपचार खर्चका साथै कर्जा लिएका सदस्यका मृत्युमा कर्जाको साँवा व्याज मिनाह गर्दै आई रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग