2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

नेष्डो नेपालद्धारा तनहुँको शुक्लगण्डकीमा शोकसभा कार्यक्रम सम्पन्न

भाद्र १४, तनहुँ । नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास
संस्था, नेष्डो नेपाल, शाखा कार्यालय खैरनीटारको आयोजनामा तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका वडा नम्बर
१३ नालीममा शोक सभा तथा कर्जा मिनाह कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

संस्थाको खैरनीटार शाखा अन्र्तगत परिश्रमी महिला स्वावलम्वन केन्द्र,केन्द्र नम्बर २१ मा
आवद्ध सदस्य मिना वि.कको निधन भएको भन्दै उक्त शोक सभा आयोजना गरिएको हो ।

उक्त शोकसभामा संस्थाको नियमानुसार बि.कको नाममा संस्थामा वाँकीे कर्जा ३७ हजार २७८ रुपैयाँ
कर्जा एक कार्यक्रमका विच सोमबार मिनाहा गरिएको हो ।

बि.कले
क्रियाखर्च स्वरुप २ हजार ६ सय ५० र निजको नाममा रहेको वचत ५ हजार २६१ रुपैया गरी ७ हजार ९ सय ११ रुपैया
उहाँका हकवाला छोरी अस्मी बि.कलाई प्रवन्धक सुक बहादुर पुनले हस्तान्तरण गर्नु भएको थियो ।

विगत ५ वर्ष देखि संस्थाको लघु वित्त सेवामा आवद्ध भई विना धितो कर्जा
सेवा लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनु भएकी बि.कले यस वर्ष कस्मेटिक पसलको लागि साधारणकर्जा ४०
हजार रुपैयाँ कर्जा लिनु भएकोमा अन्य किस्ता भुक्तानी गरी संस्थामा तिर्न वाँकी रु ३७ हजार २७८ रुपैयाँ
कर्जा मिनाहा गरिएको हो ।

कार्यक्रममा शाखाका प्रवन्धक सुक
बहादुर पुनलेले नेष्डो नेपालमा आवद्ध विपन्न सदस्यको स्वर्गहरणमा हुने यस किसिमका श्रद्धान्जलीसभा तथा
कर्जा मिनाहा कार्यक्रमले आर्थिक रुपमा मात्र नभई महिलाहरुको आत्मासम्मान र गौरवमा समेत बृद्धि भएको
बताउनुभयो ।

श्रद्धान्जलीसभा तथा कर्जा मिनाहा कार्यक्रम
केन्द्र प्रमुख देउमाया गिरीको अध्यक्षता, केन्द्रका उपप्रमुख रिता पौडेलको स्वागत तथा केन्द्र प्रवन्धक
गंगा अधिकारीको संस्थागत प्रतिज्ञा एवंम सञ्चालन मा सम्पन्न भएको थियो ।

खैरनीटार शाखाले हालसम्म ८ जनालाई १ लाख ३८ हजार ६ सय २२ रुपैयाँ सदस्यको मृत्यूमा कर्जा
मिनाहा गरेको छ भने ३ सय ५६ जनालाई ६ लाख ४६ हजार २२२ रुपैँया अन्य कल्याणकारी सुविधा उपलव्ध गराएको
शाखाका केन्द्र प्रवन्धक गंगा अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले सदस्यहरुका लागि सुत्केरी खर्च, क्रियाखर्च, आवास मर्मत खर्च, छात्रवृत्रित्त तथा
दुर्घटना उपचार खर्चका साथै कर्जा लिएका सदस्यका मृत्युमा कर्जाको साँवा व्याज मिनाह गर्दै आई रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई