2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अश्रुग्यासका कारण तनहुँमा एक वृद्धाको मृत्यु

भदौ २७,
तनहुँ /
 अश्रुग्यासको कारण गम्भिर घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ ।
मृतक
पुर्णबहादुर आलेका आफन्तहरुले मेडिकल रिपोर्ट नआउन्जेल शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली
अस्पतालमा घेराउ गर्दा चलाएको अश्रुग्यासका कारण सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल
व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको मृत्यु भएको हो।

उनको
पोखरास्थित मणिपाल अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । दमको रोगी रहेकी वृद्धा श्रेष्ठको
दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो ।

प्रहरीले उक्त दिन
उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।  प्रहरीको गोली लागी घाइते
भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ

त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ
निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु
१० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन भने साम्य भएको छैन ।

दमौली बजार क्षेत्रमा बसिरहेका
मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः
आन्दोलनकारी आक्रोशित बनेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण
आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग
अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् ।

उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका
विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ ।

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा
कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी
आन्दोलनमा उत्रिएका हुन् ।

आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई