Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तनहुँमा पाँच जुवाडे जुवाको खालबाटै पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंंसीर २१, तनहुँ /
जिल्ला प्रहरी कार्यालय तनहुँले जुवाको खालवाट जुवा खेल्ने पाँच जनासहित ३ लाख ८८ हजार ५० रुपैयाँ जफत
गरेको छ ।

उनिहरुलाइ व्यासनगरपालिका वडा नं २ न्यूरोडस्थित
एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्ने सहित सो रकम जफत गरेको हो ।


जुवा खेलिरहेको अवस्थामा स्थानीय टुकवहादुर हमाल, प्रदीप पौडेल, हर्कवहादुर
थापा, इमवहादुर सुनार र धु्रवराज न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी आइतवार जिल्ला
अदालतमा जुवा ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो ।

पक्राउ
परेका पाँचै जनालाई अदालतले थुनामा राख्न समेत आदेश दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

उनीहरुलाई विशेष सुराकीको आधारमा प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।