2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अपाङग महासंघ पश्चिमाञ्चलको अध्यक्षमा कल्पना ढकाल

कृष्ण खनाल/ फागुन ९, तनहु, (दमौली) । राष्ट्रिय अपाङंग महासंघ
पश्चिमाञ्चलको आठौ बार्षिक साधाराण सभा तथा पाचौ अधिवेसनले कल्पना ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन
गरेको छ । रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रकी अध्यक्ष रहेकी ढकाल यस अघि सह सचिव पदमा थिईन् ।
उनले अध्यक्षका प्रत्यासी रुपन्देही नेत्रहिन संघका अध्यक्ष हुमनाथ अधिकारीलाई मात्र ९ मतले पराजीत
गरेकी हुन । अधिकारी यस अघि कोषाध्यक्ष पदमा थिए । अध्यक्ष पदमा सहमती नभएपछि मतदान भएको थियो । मतदान
प्रक्रियामा पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाका करिव १ सय ५० जना प्रतिनिधिहरुको सहभागीता रहेको
थियो ।

तनहुको दमौलीमा
भएको अबिधेशनले उपाध्यक्षमा प्रमिला श्रेष्ठ र्निरविरोध चयन गरेको छ भने कोषाध्यक्षमा विकाश घिमिरे
निर्वाभित भएका हुन । सचिवमा सुरेन्द्र खत्री र सह सचिवमा शिला घिमिरे निरविरोध निर्वाचित भएकी हुन ।
त्यस्तै सदस्य तर्फ सामान्य अपाङग तर्फ पवन कुमार बस्नेत, मञ्जु सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी
अति अशक्त सदस्य तर्फ मनोज पंगेनी र मञ्जु सापकोटा विजयी भए । मधेशी सदस्यमा दिप नारायण हरिजन, जनजाति
तर्फ विरेन्द्र राना र दलित तर्फ कमला परियार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई