विशन क्षेत्री/ पर्वत, ८ पौष । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विशन क्षेत्री/ पर्वत, ८ पौष । <"/>
2026-09-20 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न

विशन क्षेत्री/ पर्वत, ८ पौष । शिवालय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीलाई स्नातक द्वितिय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले फुलमाला र कलमद्वारा स्वागत गरेका हुन् ।

विद्यार्थीका बिचमा मित्रता र भाईचारा बढाउन तथा एकअर्काबिच परिचय गरि विद्यार्थीको समस्या समाधानमा सकारात्मक पहल ल्याउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । २०६७ सालदेखि क्याम्पसले स्नातकमा बिबिएस तथा बिएड अध्यापन गराउँदै आईरहेको छ । 

कार्यक्रममा प्रमुख अतिथी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले क्याम्पसको कमजोर आर्थिक अवस्था सुधारोन्मुख रहेको बताए । हाल क्याम्पसले आफ्नै नीजि जग्गा खरिदको प्रक्रिया पु¥याएको तथा दानदाताले सहयोग गरेको बताए ।

त्यस्तै क्याम्पस प्रमुख कमलनाथ शर्माले विद्यार्थीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताउँदै आगामी दिनमा गुणस्तर सुधारमा ध्यान दिने बताए ।त्यस्तै बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी विशन क्षेत्रीले धनी र गरिबबिचको वर्गीय विभेदका कारण विद्यार्थीले स्वतन्त्ररुपमा अध्ययन गर्न नपाएको बताएका थिए । 

कार्यक्रममा क्याम्पसमा अध्यापन गराउने शिक्षक टंकनाथ शर्मा, पूर्व क्याम्पस प्रशासन प्रमुख ईश्वर गिरी, डिआर शर्मा, र विद्यार्थीको तर्फबाट विद्या लामिछाने, गीता पोखरेल, समिक्षा शर्माले मन्तव्यमार्फत नयाँ विद्यार्थीलाई मन्तव्यद्वारा स्वागत गरेका थिए । 

प्रथम वर्षमा अध्ययनरत तारा शर्मा, कमला शर्मा र मनहरि शर्माले स्वागत गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत गरेका थिए ।

कार्यक्रममा नै क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने साहित्यकार डिआर शर्मा र क्याम्पसमा अध्यापन गराउने शिक्षक आशिष पौडेललाई सम्मान समेत गरिएको थियो । क्याम्पसको लागि शर्माले १० हजार र पौडेलले १३ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

सविता शर्माको स्वागत रहेको कार्यक्रम विशन क्षेत्रीको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सूर्य सुवेदीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो