2026-09-16 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बोलबमको अन्तिम सोमबार दर्शनार्थीको शिवालय मन्दिरमा घुइचो

दीपकअनुरागी आचार्य/भाद्र १४, कपिलवस्तु । बोलबमको अन्तिम दिन सोमबार
कपिलवस्तुका शिवालय मन्दिरमा दर्शननार्थीको भिड लागेको छ ।

हिन्दुधर्मालम्बिहरुको भनाई अनुसार यस बर्ष साउन १५ बाट मात्र साउन लागेकाले श्रावण दोस्रो
सातादेखि शुरु भएको श्रावणी मेलाको रुपमा मनाइने बोलबोमको अन्तिम सोमबार कपिलवस्तु लगायत देशका बिभिन्न
शिवधाम तथा शिवालयहरुमा श्रद्धालु् भक्तजनहरुको बाक्लो भिड लाग्यो ।

साउन महिना शिब भगबानलाई निक्कै मन पर्ने हुदा हिन्दु धर्माबलम्बीहरुले साउने सोमबारलाई निकै
महत्वपुर्णको साथ मनाउने गर्दछन् । साथै आफ्ना नजिकका शिब मन्दिरहरुमा गई पुजाआजा गर्नेको निकै भिड पनि
लाग्दछ ।

सोमबार बिहानै स्थानिय रामघाट नदीमा स्नान गरी जल चढाउन तौलिहबा स्थित तौलेश्बरनाथ
मन्दिरमा भक्तजनको भीड लागेको थियो । आज सोमबार ब्रत बसी पुजाआजा गर्न हिजो राती नै श्रद्धालु भक्तजनहरु
नदी किनारमा भजन किर्तन र चुट्का गाएर जग्राम बसेका थिए ।

भक्तजनहरुले बोलबम बोलबमको भजन गाउंदै शिव मन्दिरहरुमा जम्मा भई शिवको पुजा आराधाना गरेका थिए
। प्राचिन शिवलिङ्गलाई साउनमा स्वयंउत्पति शिवज्योतिर्लिङ्गका रुपमा पुजाआजा गर्ने र पवित्र गंगाजल
अपर्ण गर्ने गरेमा रोगव्याधी हराउने तथा दैवी प्रकोप नपर्ने जनविश्वास रहि आएको छ ।

विशेषगरी
जिल्लाका लक्ष्मणघाट, तौलेश्वरनाथ लगायतका स्थानमा बढि भिड लाग्ने गर्दछ । त्रेता युगमा भगवान राम र
लक्ष्मण बनबास जाने क्रममा तिर्खा मेटाउनलाई बाणगंगा नदिमा बाण हानेर लक्ष्मणघाटमा पानी निकालेको
जनविश्वासमा लक्ष्मणघाटलाई पश्मिाञ्चल क्षेत्रकै पवित्र धार्मिक स्थलका रुपमा मानिने हुंदा जल चढाउने
भक्तजनहरु आउने गर्दछन् ।

सदरमुकाम तौलिहवामा अवस्थित तौलेश्वरनाथ मन्दिर नेपालको दोस्रो
पशुपतिनाथका रुपमा समेत परिचित छ । बिभिन्न राजनितिक विभिन्न वन्दका कारण विगतमा भन्दा भक्तजनहरुको
संख्यामा कमि आएको छ ।

पछिल्लो समयमा देशमा विभिन्न समुदाय र
सम्प्रदायका रुपमा विभाजित भई विभिन्न मुठभेड र तिक्तताको अवस्था देखिरहँदा धार्मीक आस्थाका माध्यमबाट
एकै स्थान र परिवेशमा जुटाएर सद्भाव र सहिष्णुता स्थापित गर्ने काम समेत श्रावणी मेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु