सन्तोषकुमार गुप्ता । देउखुरी ८ पुस । प्युठान जिल्लाको बाङ्गेसाल—६ दर्भानमा ६० लाखको बराबरको ३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्क सहितको बुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी ८ पुस । प्युठान जिल्लाको बाङ्गेसाल—६ दर्भानमा ६० लाखको बराबरको ३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्क सहितको बुक"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्यूठानको दर्भानमा बसपार्क सहित बुकिङ काउन्टरको उद्घाटन

२०७३, ८ पुष शुक्रबार १५:११

सन्तोषकुमार गुप्ता । देउखुरी ८ पुस । प्युठान जिल्लाको बाङ्गेसाल—६ दर्भानमा ६० लाखको बराबरको ३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्क सहितको बुकिङ्क काउन्टरको उद्घाटन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष ताराबहादुर डिसी, वरिष्ठ व्यापारी तथा उद्योगपतिद्धय नबिन जिसी, गहेन्द्रसिंह जिसी र भूतपुर्व प्रहरी साहयक निरिक्षक भरतबहादुर एमसीले संयुक्त रुपमा प्लाटिङ गरेको सो जग्गा बसपार्क निर्माणका लागि उपलब्ध गराए पछि बसपार्कको निर्माण सँगै स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिको बुकिङ काउन्टर समेत स्थापना गरिएको हो ।

दाङ देउखुरीको राप्ती अञ्चलको प्रवेशद्घार भालुवाङ, प्युठान रोल्पा जिल्लाको सदरमुकाम बाहेक बीचमा बसपार्क र बुकिङ काउन्टर नहुँदा त्यस क्षेत्रका यात्रुहरुलाई निकै हैरानी खेप्नु परेको थियो । बसपार्क निमार्ण र बुकिङ काउन्टर स्थापना भए पछि अहिले सो क्षेत्रका स्थानियहरु निकै हर्षित भएका छन् । बसपार्क स्थापना भए पछि अब दर्भान बजारको सडकमा जथाभावी गाडी पार्किङ गर्ने समस्या समेत टरेको स्थानिय डोरबहादुर दर्लामीले बताए ।

बसपार्क नहुँदा यस अघि सडकमै जथाभावी गाडी पार्किङले दुर्घटना हुने र यातायात आवागमनमा समेत समस्या हुँदै आएको स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुनिल बस्नेतले बताए । आफनै गाउँमा बसपार्क निमार्ण र बुकिङ काउन्टर स्थापना पछि अब टिकट काट्न र गाडी चढ्न भालुवाङ जान नपर्ने दर्भानका स्थानीय बेलसिंह गुरुङले बताए ।

उनी जस्तै बाङ्गेसाल, ढुङ्गेगढी, हंसपुर, तिराम, अर्घाखाँचीको जलुके, सिधधारा गाविसका हजारौँका स्थानियहरुबासीहरु प्रत्यक्ष लाभन्दित भएका छन् ।  आफनै गाउँ नजिकै बसपार्क सहितको बुकिङ्क काउन्टर खुलेकोमा निकै सजिलो भएको ददेरीका स्थानीय कल्पना जिसीले खुसी व्यक्त गरिन् । 

बसपार्क सहितको बुकिङ काउन्टरको बिहिबार एक कार्यक्रमका बीच माननिय सांसद पुनाराम थापाले पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरेका थिए । भने विहिवार नै बसपार्कबाट ना ३ ख ७२८८ नम्बरको माइक्रोबस सञ्चालन गरिएको थियो ।

अव बसपार्कबाट छिटै नै लामो तथा छोटो दुरीको यातायातको रुटपरमिट मिलाउने तयारीमा समेत रहेको समितिले जनाएको छ ।

स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुनिल बस्नेतको अध्यक्षता एवम् सांसद पुनाराम थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका अमर भण्डारी, जैनुल मिया, एमालेका कृष्ण रसाइली, टंक जिसी, नेकपा माओवादी केन्द्रका प्रकाश अधिकारी, डोरबहादुर दर्लामी, राजमोका कुलदिप जिसी, नेकपा मओवादी क्रान्तिकारीका लिलाव गुरुङ, नेकपा मओवादी विप्लपका रेशम विक, नयाँ शक्ति नेपालका टिकाराम बराल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष तथा सहयोगदाता ताराबहादुर डिसी, खड्केश्वरी माध्यामिक विद्यालयका प्रधानध्यापक मोहनप्रसाद पन्थी र पत्रकार धनीराम शर्मा लगायतका वक्ताहरुले बोलेका थिए ।

समितिका पुर्व अध्यक्ष सन्तबहादुर दर्लामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका महासचिव चन्द्रमान श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ