आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट "/>

2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लालमटियामा वडा भेला शुरु

2016-12-23

आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट माग भई आएका योजनालाई प्राथामिकीकरण गरी वडा भेला मार्फत विकास निर्माण र लक्षित वर्गको कार्यक्रम छनौट गर्न शुरु गरिएको छ । जस अनुसार वडा नम्बर १ र २ मा वडा भेला सम्पन्न भएको छ । वडा भेलामा छनौट भएका विकास निमार्णका योजनाहरुमा बाटो ग्रावेल, सिचाई, कल्र्भट निमार्ण, पनफकुवा तथा पनबटुवा बाँध, विजुली विस्तार, विद्यालयको पुर्वाधर लगायतका योजना छनौट गरिएको छ । 

त्यसैगरी वडा भेलाले महिला, बालबालिका र लक्षित वर्ग अन्र्तगत अपाङ्ग, दलित, आदीवासी जनजाती, युवा, जेष्ठ नागरिक, मदेशी मुस्लिम र पछाडी परेका वर्गहरुका लागि सिप तथा आयमुलक कार्यक्रम छनौट गरि गाविसमा पठाउने तयारी भएको सामाजिक परिचालक सन्तोषी चपाईले बताइन् । यसैबीच गाविसले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ८३ लाख २ हजारको बजेट तयार पारेको छ । जस अनुसार पुजीगत तर्फ ७७ लाख ५७ हजार, चालु तर्फ ५४ लाख ५ हजारको बजेट तयार पारेको हो । त्यसैगरी बालबालिका तर्फ १५ प्रतिशतका दरले हुन आउने ११ लाख ५७ हजार ७ सय ३२ रुपैयाँ, महिला तर्फ १० प्रतिशतका दरले हुन आउने ७ लाख ७१ हजार ८ सय २१ रुपैयाँ ,लक्षित वर्ग तर्फ १५ प्रतिशतका दरले हुन आउने ११ लाख ५७ हजार ७ सय ३२ रुपैयाँ, कृषि तर्फ १० प्रतिशतका दरले हुन आउने ११ लाख ६३ हजार ५ सय ५० रुपैयाँ र योजना व्यवस्थापनमा ३ प्रतिशतका दरले हुन आउने २ लाख ३१ हजार ५ सय ४६ रुपैयाँ र बाँकी रहेको ३६ लाख २७ हजार ५ सय ६३ रुपैयाँ मध्येबाट ६० प्रतिशतका दरले पुर्वधार विकास तर्फ २१ लाख ७६ हजार ५ सय ६८ रुपैयाँ र ४० प्रतिशतका दरले प्रर्वधात्मक कार्यक्रम तर्फ १४ लाख ५१ हजार २५ रुपैयाँ सहितको बजेट तयार पारेकोे गाविस सचिव दामोदर पोख्रेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो