2026-06-17 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका विभिन्न क्षेत्रमा दुर्गा बिर्सजन गरियो

दीपकअनुरागी आचार्य/कात्तिक ७, कपिलवस्तु
बडादशै अन्र्तगत नवदुर्गाको अवसर पारि जिल्लाको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा
राखिएको दुर्गा शुक्रबार देखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी
दुर्गा पुजालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पुजाआजा गर्ने गर्दछन् ।

मुख्य चोक चोकमा दुर्गा भवानीका मुर्ति राखि पुजा गर्नाले धेरै दर्शनार्थीले अवलोकन
गर्ने गरेको आयोजकले बताएका छन् । जिल्लाको सदरमुकाम तौलिहवा, चारनम्बर, चन्द्रौटा, बहादुरगञ्ज,
महाराजगञ्ज लगायतका मुख्य बजारमा टेन्ट टागि, भक्ति गित संगित सुनाई नौ दुर्गा भरी नै दुर्गाको पुजा
गरिन्छ ।

त्यहि दुर्गालाई दशैको भोली पल्ट एकादशी देखि
कोजाग्रत पुर्णिमा सम्म बिर्सजन गरिएको छ । यस्तै शुक्रबार एकादशीको अवसरमा जिल्लाका विभिन्न स्थानमा
दुर्गा विर्सजन गरिएको छ ।

यसैबिच कपिलवस्तुको बनगाईमा राखिएको
दुर्गा पुजाको पनि शुक्रबार साझँ बिर्सजन गरिएको छ । जिल्लाको महत्वपुर्ण धार्मीक तथा पर्यटकिय स्थलका
रुपमा लिइने लक्ष्मणघाटमा दुर्गा विसर्जन गर्नेहरुको ठुृलो घुइचो लागेको थियो । विभिन्न तवरले सजाइएका
करिब २ दर्जन मुर्तीहरु शुक्रबार लक्ष्मणघाटमा भजन कृतन सहित पुजाआजा गरी समिपमा रहेको वाणगंगा नदिमा
विधिपूर्वक विसर्जन गरिएको बताइएको छ ।

यता कपिलवस्तुको पश्चिमी
क्षेत्र चन्द्रौटामा पनि दुर्गा बिर्जजन गरिएको छ । घटस्थापनाको दिन देखि चन्द्रौटा बजारमा राखिएको
दुर्गालाई जिल्लाको बेलदिनमा ल्याई विधिपुर्वक बिर्जजन गरिएको हिन्दुधर्मालम्बिहरुले जनाएका छन् । बिशेष
गरी चन्द्रौटा क्षेत्रका मधेसी समुदायका जनताले उक्त दर्गालाई बजारमा राख्ने गर्दछन् । एकादशीको दिनमा
प्रत्येक बर्ष दुर्गा विर्सजन गरिएको बताइएको छ ।

यस्तै
तौलिहवामा निकालिएको झाकीलाई भक्तजनहरुले नगर परिक्रमा गराई रामघाटमा लगेर मुर्ति बिर्सजन गरेका थिए ।
बाजागाजा र नाचगान सहीत भक्तजनहरु रामघाट नदी पुगेका थिए । मुर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत
लागेको थियो । संभावित घटनालाई मध्यनजर गर्दै ठाउ ठाउमा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ