कृष्ण कँडेल | पुस ११, बागलुङ | क्यम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | पुस ११, बागलुङ | क्यम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा गरेक"/>
2026-09-18 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङस्थित निसीभुजी जनता क्याम्पसको ताला खुल्यो

कृष्ण कँडेल | पुस ११, बागलुङ | क्यम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा गरेको तालावन्दि आज विहानदेखि खुलेको छ । 

तत्काललाई बढेकै शुल्क अनुसार विद्यार्थीले शुल्क तिरेर विविएस चौथो बर्षको परिक्षा फर्म भर्ने र बाँकी शुल्क पछि भुक्तान गर्ने गरि अहिले १५ हजार बुझाउनेलाई फर्म भर्न दिने गरि विद्यार्थी र क्याम्पसविच सहमती भएपछि ताला खुलेको हो । विद्यार्थीले उठाएका शैक्षिक व्यवस्थापन तथा नियमित पठनपाठनको व्यवस्था मिलाउन विद्यार्थी र क्याम्पस प्रसासन तथा व्यवस्थान समिति मिलेर लाग्ने गरि सहमती भएपछि ताला खुलेको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले जानकरी दिनुभयो । विद्यार्थीको माग अनुसार बढेको शुल्कको बारेमा समेत विद्यार्थीसँग पछि फलफल गर्ने गरि तत्काका लागि समस्या समाधान गरिएको क्याम्पस प्रसासनले जनाएको छ । यससँगै क्याम्पसका नियमित पठन–पाठन सहित अन्य कार्यक्रम सञ्चालनका लागि विद्यार्थी सहमत भएका छन् । 

क्याम्पसमा नियमित पठन–पाठन पनि नभएको र प्रत्यक बर्ष २५ प्रतिशतले शुल्क बढाउँदा आफुहरु झन् मारमा परेको विद्यार्थीले बताएका थिए । एकैपटक भारी शुल्क बृद्धि हुँदा दुर्गम गाउँका गरिब विद्यार्थीले तिर्न नसक्ने र अन्तत पढाई छोड्नुपर्ने बाध्यता हुने विद्यार्थीको तर्क थियो ।  

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले चाहिँ कुनै अनुदान विना समुदायले नै सञ्चालन गरेको क्याम्पस चलाउन आर्थिक अभाव भएकाले यो बर्ष मासिक शुल्कमा १ सय ५० रुपैयाँ मात्र बढार्ईएको बताउनुभएको थियो । 

विद्यार्थीले क्याम्पस व्यवस्थापन समिति र प्रसासनसँग शुल्क समायोजन गर्न माग गरेपनि सुनुवाई नभएका कारण तालाबन्दी गर्नुपरेको बतााएका छन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धिरप्रतपसिंहले गाउँका विद्यार्थीले उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर सामुदायकै पहलमा सञ्चालन गरिएको क्याम्पस बचाउन शुल्कमा केहि बृद्धि गर्नुपरेको बताउनुभएको छ । उहाँले आफुहरु निरन्तर लगेर अभिभावक तथा सहयोगदाताबाट रकम जुटाई क्याम्पस भवन निर्माण गरेको र अन्य कुनै स्रोत नभएका कारण विद्यार्थीकै शिक्षाका लागि शुल्क बढाउनु परेको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई