Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कपिलवस्तु - KPL

बन्द हड्तालको बेवास्ता गरेको भन्दै कपिलवस्तुमा मोर्चाले ट्रक जलाए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल बेलबासे/ पुस ७,
कपिलबस्तु । 
कपिलबस्तुमा बन्द हड्तालको बेवास्ता गरेको भन्दै चन्द्रौटा कृष्णनगर सडक खण्डको
विरपुरमा एक मालवाहक ट्कमा आगजनी गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । मोर्चाका
कार्यकर्ताहरुले ना २ ख २९७७ नम्बरको भेली बोकेको ट्कलाई आगजनी गरेका हुन् ।
kapilvastu trick

वन्द हड्तालको जानजान अवज्ञा गरेको भन्दै
आफ्ना कार्यकर्ताहरुले ट्कमा आगजनी गरेको मोर्चाका जिल्ला संयोजक शतिश कुमार गुप्ताले बताउनुभयो ।
आगजनीबाट भेलीसहित ट्क जलेर नष्ट भएको छ । यसअघि केहिदिन पहिले कपिलबस्तुमा बन्द खुकुलो बन्दै गएको थियो
। मधेसी मोर्चाले आप्नो बन्दहड्ताल नाका केन्द्रित गरेको भनिए पनि आज मोर्चाका कार्यकर्ताहरुले आगजनि
गरेका हुन् ।