2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जातीय पहिचान जोगाउन कपिलवस्तुमा थारु खिचडी महोत्सवको आयोजना

kapilvastuकमल बेल्बासे/ माघ ३ कपिलबस्तु । “हम्मन
सस्कृती हम्मन पहिचान थारु कला सस्कृती बचयना हम्मन अभियान” मूल नारासहित कपिलवस्तुमा छैठौ कपिलवस्तु
माघी(खिचडी) महोत्सव ०७२ संचालन भैईरहेको छ । थारु जातिको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा
जोगाउन महोत्सव आयोजना गरिएको हो । आफ्नै भाषा र संस्कृतिको धनि मानिने थारु जातिको अस्तित्व जगेर्ना
गर्न विगत ५ वर्षदेखि कपिलवस्तुका थारु समुदाय संगठित भई महोत्सव आयोजना गर्दै आएका छन् । कपिलबस्तुको
बाणगंगा नगरपालिका ७ हथौसा मेला स्थलमा महोत्सब शनिबार देखि सुरु भएको छ ।

महोत्सवमा थारु जातिको
खानामा ढिकरी, घोँगी, गेङटा, सिधरा, बरिया, फुलौरी, चटनी लगायतका परिकारहरु राखिएका छन् । यस्तै
महोत्सवमा थारु जातिको आफ्नै भेषभुषा, पहिरनले जातीय पहिचान झल्काएको छ ।

थारु जातिको कला, सीप,
संस्कृति, भेषभुषाको निकै समृद्धशाली मानिएको जाति भएकाले पुराना पिढीका सीप, कला, संस्कृति र
भेषभुषालाई नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्नेमा कार्यक्रममा जोड दिएका थिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु संस्कृति, भेषभुषासहित झुमरा, झर्रा, मयूर, लाठी
जस्ता गीत तथा नृत्यको विशेष प्रस्तुति रहेको छ । साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको
प्रस्तुति तथा रेकर्डिङ नृत्यद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ

जागृती युवा क्लबको आयोजना , थारु कल्याणकारिणी सभा कपिलवस्तुको संयोजन, नेपाल आदिबासी जनजाति
महासंघ समन्वय परिषद कपिलवस्तुको संरक्षण , जिल्ला विकास समिती कपिलबस्तुको सहयोग, जिल्ला प्रशासन
कार्यालय कपिलबस्तुको सहकार्य रहेको खिचडी महोत्सबको सहआयोजकमा बाणगंंगा नगरपालिका कपिलबस्तु रहेको छ ।
महोत्सव श्याम सिटी र सीमा थारुको संचालनमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु