१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अज्ञात समूहको गोली द्धारा राजेश सेनको मृत्यु

२९ माघ २०७२, शुक्रबार ०७:०१

कमल बेल्बासे/माघ २९, कपिलबस्तु । अज्ञात समुहको गोली प्रहारबाट कपिलवस्तुमा राजेश
सेनको मृत्यु भएको छ ।

मोटरसाइकलमा चढेर आएका अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट गम्भिर
घाइते स्थानीय राजेश सेनको उपचारका क्रममा बुटवलमा निधन भएको हो । कपिलबस्तु वाणगंगा नगरपालिका १ निवासी
४० वर्षिय युवा राजेश सेनमाथि विहीबार साँझ करिव ७:३० वजे गोली प्रहार गरिएको थियो । रातो पल्सर मोटर
साइकलमा आएका दुई मध्ये एकले गोली प्रहार गरेर पश्चिम तर्फ भागेको प्रहरीले जानकारी दिएको छ

ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक विष्णु प्रसाद पोख्रेलका अनुसार घटना घटेको छोटो
समयमै प्रहरीले घटना स्थल नियन्त्रणमा लिएर ब्यापक खोजी गरेको बताएपनि हालसम्म गोली हान्नेको पत्तो
लागेको छैन । तर स्थानीयले प्रहरीको अगाडि गोली चल्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आक्रोश
पोखेका थिए । स्थानीय आक्रोशित समुहले घटनाको केही समय पछि आएको शसस्त्र प्रहरी माथि समेत ढुंगा मुडा
प्रहार गरेका थिए ।

नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको सम्झनामा शोक र
श्रद्धाञ्जली ब्यक्त गर्न जीतपुर ४ नम्वरमा वनाइएको मञ्चको नजिकै रहेका युवा सेनलाई ताकेर ३—४ राउण्ड
गोली प्रहार गरेको बताइएको छ ।

स्थानीय युवा सेनमाथि गोली प्रहार भएपछि आक्रोसित बनेका सयौ
युवाहरु सडकमा उत्रिएर पूर्व पश्चिम राजमार्गको जितपुर चार नम्वर क्षेत्रमा यातायात बन्द गराएका थिए ।
गोलीको आवाज सुनेका स्थानीयले एकाएक पसल बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का