२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अज्ञात समूहको गोली द्धारा राजेश सेनको मृत्यु

२०७२, २९ माघ शुक्रबार ०७:०१

कमल बेल्बासे/माघ २९, कपिलबस्तु । अज्ञात समुहको गोली प्रहारबाट कपिलवस्तुमा राजेश
सेनको मृत्यु भएको छ ।

मोटरसाइकलमा चढेर आएका अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट गम्भिर
घाइते स्थानीय राजेश सेनको उपचारका क्रममा बुटवलमा निधन भएको हो । कपिलबस्तु वाणगंगा नगरपालिका १ निवासी
४० वर्षिय युवा राजेश सेनमाथि विहीबार साँझ करिव ७:३० वजे गोली प्रहार गरिएको थियो । रातो पल्सर मोटर
साइकलमा आएका दुई मध्ये एकले गोली प्रहार गरेर पश्चिम तर्फ भागेको प्रहरीले जानकारी दिएको छ

ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक विष्णु प्रसाद पोख्रेलका अनुसार घटना घटेको छोटो
समयमै प्रहरीले घटना स्थल नियन्त्रणमा लिएर ब्यापक खोजी गरेको बताएपनि हालसम्म गोली हान्नेको पत्तो
लागेको छैन । तर स्थानीयले प्रहरीको अगाडि गोली चल्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आक्रोश
पोखेका थिए । स्थानीय आक्रोशित समुहले घटनाको केही समय पछि आएको शसस्त्र प्रहरी माथि समेत ढुंगा मुडा
प्रहार गरेका थिए ।

नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको सम्झनामा शोक र
श्रद्धाञ्जली ब्यक्त गर्न जीतपुर ४ नम्वरमा वनाइएको मञ्चको नजिकै रहेका युवा सेनलाई ताकेर ३—४ राउण्ड
गोली प्रहार गरेको बताइएको छ ।

स्थानीय युवा सेनमाथि गोली प्रहार भएपछि आक्रोसित बनेका सयौ
युवाहरु सडकमा उत्रिएर पूर्व पश्चिम राजमार्गको जितपुर चार नम्वर क्षेत्रमा यातायात बन्द गराएका थिए ।
गोलीको आवाज सुनेका स्थानीयले एकाएक पसल बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !