सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । दाङको डुरुवा ४ कोठरीमा माघि विशेष सांस्कृतिक महोत्सव सुरु भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । दाङको डुरुवा ४ कोठरीमा माघि विशेष सांस्कृतिक महोत्सव सुरु भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण "/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको कोठरीमा माघी बिशेष सांस्कृतिक महोत्सव शुरु

२०७३, १२ पुष मंगलवार १६:०३

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । दाङको डुरुवा ४ कोठरीमा माघि विशेष सांस्कृतिक महोत्सव सुरु भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सवको आज मंगलवार एक औपचारिक कार्यक्रमकावीच उद्घाटन गरिएको हो । उल्लेख्य दर्शकहरुको सहभागीतामा महोत्सवको उद्घघाटन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले गरेका छन् ।  

महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले यो महोत्सव संस्कृति बचाउनका लागि महत्वपूर्ण हुने बताए । साथै युवा पुस्तामा सबैभन्दा ठुलो चुनौतिको रुपमा रहेको लागु औषध दुव्यर्सनका विरुद्धमा सचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको महोत्सवले ग्रामीण स्तरमा पनि लागु औषध विरुद्धको सचेतना अभिवृद्धि गर्नुका साथै सबैलाई सचेत पार्ने विश्वाव व्यक्त गरे । विकासका संवाहकको रुपमा रहेका युवाहरुमा लागुऔषधको समस्या देखिएकाले यसबाट बच्नका लागी सचेतना आवश्यक भएको पनि उनको भनाई छ । साथै यस माघी महोत्सवले थारु संस्कृतिको संरक्षण र विकासमा योगदान पु¥याउनुका साथै कोठरी र समग्र डुरुवा गाविसको पहिचानलाई प्रचारप्रसार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गौतमले बताए ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व उपाध्यक्ष विपुल पोख्रेलले ग्रामीण स्तरमा आयोजना गरिएको महोत्सवले यस क्षेत्रका कला संस्कृति, भेषभुषा, प्राकृतिक सम्पदालाई उजागर गर्नमा भूमिका खेल्ने बताए । उनले लागु औषध विरुद्धको सचेतना महोत्सवले अभिभावकहरुलाई यस विषयमा सचेत पार्ने पनि बताए । 

महोत्सव आयोजक मूल समितिका संयोजक यमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य एवं युवा संघका मध्यपश्चीम संयोजक मनोहर बुढाथोकी, नेपाली कांग्रेस त्रिपुरका सभापति दिपक पाण्डे, एमालेका डुरुवाका अध्यक्ष झुपलाल बुढाथोकी, नेकपा माओवादी केन्द्रका डुरुवा संयोजक शिवराज सुवेदी, नेकपा माओवादी केन्द्रका डुरुवा ईञ्चार्ज नवराज पुन, राष्ट्रिय जनमोर्चाका पिताम्वर शर्मा, नेकपाका सस्मति चौधरी, ईन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानका रेग्मी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

महोत्सवका सहसंयोजक सुनिल विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रचारप्रसार संयोजक आर.के.शीतल र कार्यक्रम व्यवस्थापक रोहन पुनले गरेका थिए । त्यस अवसरमा ईन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्था, श्रृजनशील युवा क्लब लुहाडब्रा, गायक देवेन्द्र वस्नेत, गायक रोहन वली, गायक शंकर पुरुष, गेहेन्द्र चौधरी, निशा मगर लगायतले आफ्ने प्रस्तुति राखेका थिए । महोत्सव उद्घाटन पूर्व शोभा यात्रा निकालिएको थियो ।

महोत्सवमा मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतको व्यवस्था रहेको छ । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघरा, डुरुवा गाविसको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, गायक दुर्गेश थापा, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ