नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनक"/>

2026-08-29 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नगरपालिकाले मनपरी कर असुलेको छ: चन्दननाथ नगरबासी


नन्दराम जैसी/पुस १३, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मनपरी कर असुलेको भन्दै नगरबासीले गुनासो गरेका छन् । 

व्यापार व्यवसाय तथा जग्गा प्रयोजनको आधारमा कर निर्धारण गरिनु पर्ने भन्दै हाल १ देखि १५ वडा सम्मका सबै स्थानियलाई एउटै दरमा कर उठाएकोमा गुनासो गरेका हुन । नगर क्षेत्र भित्र रहेका विभिन्न समुदायको आय स्तर तथा विकास निमार्णको कार्यलाई हेरि कर संकलन गर्नु पर्नेमा उनिहरुले जोड दिदै नगरपालिकाले होचुवाको भरमा सबैबाट एकैनासे कर उठाउने गरेको चन्दननाथ नगरपालिका ११ निवासी हरिष परियारले बताउनु भयो ।

उहाँले भन्नु भयो, स्थानियलाई विना जानकारी कर बढाएको छ । कर कसरी बढाईएको हो, यसका बारेमा जानकारी नभएको उहाँको भनाइ छ । एक्कासी करको दर बढ्दा नगरबासी अचम्म परेको उहाँले बताउनु भयो । नगर क्षेत्र भित्र रहेका टिनको छाना गरेका घरको मासिक ५ सय तथा माटाको छाना घर गरेकालाई ३ सय मासिक कर तिर्दै आएकोमा हाल सबैलाई ५ सय कर तिर्नु परेको नगरपालिका ३ का अम्मर सिंह बुढ्थापाले बताउनु भयो ।

उहाँका अनुसार, नगरपालिका भित्रकै केहि वडाहरुमा सडक संजाल, खानेपानी र  विद्युत लगायतका अन्य विकासका पूर्वाधारहरु नभएको अबस्थामा सबैलाई एकनासे कर संकलन गर्दा असोभनिय कार्य भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, कर बृद्धि हुनासाथ आफु नगरपालिकामा गएर त्यसको बास्तविक जानकारी पाईन जसले गर्दा नगरबासीमा समस्या भएको छ । यता नगरपालिकाका कार्यकारी अधिकृत केशबराज शर्माका अनुसार करमा बृद्धि नभएको दाबी गर्नु भएको छ ।

 बजार क्षेत्र भित्र प्रबेश गर्ने विभिन्न मालबाहक सवारी साधनबाट मात्र शुल्क लिने गरेको भन्दै उहाँले पहिलेको भन्दा हाल प्रतिरोपनीमा वार्षिक ५ रुपैयामा मात्र कर बृद्धि भएको शर्माले बताउनु भयो । राजश्व परामर्श समितिको बैठ्कले मात्र कर निर्धारण गर्ने जिकिर गर्दै केहि व्यक्तिले कर बृद्धि भएको अनाआवश्यक हल्ला गरेको शर्माको भनाई छ ।   

उहाँले एक फरक प्रशंगमा भन्नु भयो, गाविसबाट नगरपालिमा प्रबेश गर्दा पहिले गाविसको नाममा रहेका विभिन्न कागजात तथा जग्गाहरु नगरपालिकामा समाबेश गर्नु पर्ने हँुदा त्यो बेलामा मात्र केहि बढि कर लाग्ने जानकारी दिनुभयो । कर संकलनमा बृद्धि नभएको भन्दै उहाँले आफ्ना कुनै पनि कार्य सम्पादनका लागि दैनिक कार्यालयमा आउन समेत चन्दननाथ नगराबासिलाई आग्रह गर्नु भएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो