2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले बागलुङको अध्यक्षमा भारी मतले सापकोटा निर्वाचित

कृष्ण कँडेल, पुस १३, बागलुङ । नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनवाट इन्द्रलाल सापकोटा भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् ।

माधब नेपाल पक्षका सापकोटाले कुल खसेको ५ सय ७९ मत मध्ये ३ सय ८८ मत प्राप्त गरी निकटम प्रतिद्वन्द्वी अध्यक्ष केपि ओली पक्षका निवर्तमान जिल्ला उपाध्यक्ष नरबहादुर थापालाई पराजित गरे । 

सांसद समेत रहेका थापाले १ सय ५३ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक ममतादेवि शर्माले जानकारी दिईन् ।

उपाध्यक्षमा ३ सय १८ मत लिएर कृष्ण पाठक, सचिवमा ३ सय ८६ मतका साथ लालबहादुर थापा र उपसचिवमा बिष्णु भुषाल ३ सय १० मतका साथ विजयी भएका छन् । जिल्ल निर्वाचन कमिटीको अध्यक्षमा बिष्णुप्रसाद शर्मा र लेखा समितिको सचिवमा पूर्ण परियार निर्वाचित भएका छन् ।  

सदस्यमा खुल्ला तर्फ केवी राना मगर, धनबहादुर परियार, गणेश थापा, डिल्लीराज गौतम, गाविन्द गौतम, ऋतुबर्ण पौडेल र भूपाल चालिसे विजयी भए । 

पुनमप्रसाद शर्मा र लक्ष्मण पुनले बराबरी १ सय ७१ मत प्राप्त गरे । इलाका सदस्य तर्फ भरत पुरी, दिपक गौतम, प्रेम लामिछाने, तिर्थमणी भुषाल निर्वाचित भए । ७ महिला सदस्य खुल्लामा सावित्रा राना, यमुना राना, शान्ति आधिकारी, गगांकुमारी शर्मा, हुमाकुमारी जिसी अञ्जु, कल्पना शर्मा र कोपिला खरेल सापकोटा चयन भए ।

अधिबेशनले आगामी चार बर्षे कार्यकालका लागि ५९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । 

नयाँ नेतृत्व चयनका लागि मंगलवार भएको मतदानमा जिल्ला भरबाट ६ सय ६ मतदाता रहेकोमा जम्मा ५ सय ७९ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई