पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी"/>
२०८३, ९ बैशाख बुधबार
पर्बत - PBT

शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न

२०७३, १३ पुष बुधबार ०६:१६

पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरुङले नगरको विकासको लागि आफुले सवैसँग सहकार्य गर्ने बताए । उनले न्यूरोड टोल सुधार समितिको लागि आवश्यक के छ त्यसको लिस्ट तयार गरी नगरपालिकामा पेश गर्नको लागि उनले आग्रह गरे । टोल सुधार समितिलाई नगरपालिकाबाट केको अपेक्षा छ लेखेर ल्याउनुहोस नगरपालिकाले सक्दो सहयोग गर्नेछ उनले भने ।

उनले जिल्लामा ड्याम्पीङ साइटको अभाव भएकोले फोहोर व्यवस्थापनको लागि निकै असहज भएको भन्दै अब नगरपालिकाले चाँडैनै त्यसको बारेमा निकास निकाल्ने बताए । उनले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर आफु नगरक्षेत्रको विकासको लागि अगाडि बढ्न तयार रहेको बताए । नगरपरिषदको लागि अहिले नगरका प्रत्येक टोलमा योजना तर्जुमा कार्यक्रम भैराखेको छ आफ्ना माग र समस्याका बारेमा जानकारी गराउनुहोस् र नगरपालिकामा पठाउनुहोस हामी त्यसलाई प्रथामिकताका आधारमा नगर परिषदबाट पारित गर्नेछौं कार्यकारी गुरुङले भने ।

शिवालय टोल सुधार समितिका अध्यक्ष फुलराज लामिछानेले नगरभित्र अझै पनि अव्यवस्थीत रुपमा मासु विक्रिवितरण तथा मारकाट भैराखेको भन्दै त्यसको रोकथामको लागि नगरपालिकाले सोच्नुपर्ने बताए । उनले नगरक्षेत्रको सुरक्षाको लागि आवश्यक पूर्वधार तयार पार्नको लागि समेत आवश्यक रहेको औलाए । 

न्यूरोड टोल सुधार समितिका अध्यक्ष सिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक हिम बहादुर क्षेत्री, सफा कुश्मा अभियानका खडानन्द आचार्य लगायतले बोलेका थिए । टोल सुधार समितिका सचिव कृष्ण शर्माको स्वागतमा भएको कार्यक्रमको संचालन पत्रकार रामकृष्ण लामिछानेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ