रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स"/>
२०८३, ९ जेष्ठ शनिबार
पर्बत - PBT

एलजिएएफद्धारा प्रगति सार्वजनिक

२०७३, १३ पुष बुधबार ०६:२८

रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स्थानीय निकायमा सञ्चालन गरेका कार्यक्रमको प्रगति सार्वजनिक गरेको छ । नवचेतना सामुदायिक विकास केन्द्रद्धारा सञ्चालन भएको कार्यक्रमले यस आर्थिक वर्षभित्र सम्पादन गरेका काम र समुदायमा परेको प्रभावका वारेमा प्रगति समिक्षा कार्यक्रमको आयोजना गरि प्रगति सार्वजनिक गरेको हो । 


एलजिएएफले पर्वतका ३१ वटा गाविस, जिल्ला विकास समिति र कुश्मानगरपालिकामा विभिन्न नागरिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सार्वजनिक सुनुवाई, क्षमता अभिबृद्धि तालिम, विकास निर्माणका कार्यहरुको अनुगमन, स्थानीय निकाय संगको सहकार्यमा सचेतनामुलक गोष्ठिहरु सञ्चमलन गरेको प्रगति विवरणमा उल्लेख छ । संस्थाले सञ्चालन गरेका कार्यहरुको वारेमा एलजिएएफ कार्यक्रमका कार्यक्रम संयोजक सीता काफ्ले लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो । 


उहाँले स्थानीय निकाय संग सहकार्य गर्दै संस्थाले गरेका कामले अपेक्षित सफलता हासिल गरेको बताउँदै आगामी दिनमा पनि संस्थाले यसरी नै काम गर्दै जाने बताउनुभयो । अहिले ३१ वटा गाबिसमा कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम लागु भएका गाबिस मध्ये १३ वटा गाबिसमा क्षमता अभिबृद्धी सम्बन्धि तालिम सकिएको छ भने जिल्ला विकास समिति संगको सहकार्यमा थापाठानामा सार्वजनिक सुनुवाई र कुश्मा नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाई भएको छ । 


त्यस्तै गाविस अन्तर्गत तिलाहार र धाईरिङ गाविसमा पनि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी युबराज पौडेलले एलजिएएफ कार्यक्रमको सहजीकरणले जिल्ला विकास समितिलाई स्थानीय निकायको अनुगमनमा ठुलो सहयोग मिलेको बताउनुभयो । उहाँले जिल्ला विकास समितिसंग नियमित सम्पर्कमा रहेर काम गर्न संस्थालाई आग्रह गर्नुभयो । नबचेतना सामुदायिक बिकास केन्द्रका अध्यक्ष केशबदास वैरागीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एलिजिएएफ कार्यक्रमका अनुगमन अधिकृत सुदिप लामिछानेले गर्नुभएको थियो । 


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्यसमिति सदस्य शेरबहादुर आचार्य, राप्रपा पर्बतका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष तेजेन्द्र पौडेल, अखण्ड नेपाल पार्टिका वरिष्ठ उपाध्यक्ष यूवनाथ गौँडेल रेग्मी, जिबिसका सामाजिक बिकास अधिकृत लिलाधर सुबेदी,लोकतान्त्रिक गैह्रसरकारी महासंघका अध्यक्ष गणेशवहादुर क्षेत्री, गैसस महासंघका सचिब शिबप्रसाद शर्मा, कुश्मा गरपालिकाका सुचना अधिकारी लालप्रसाद उपाध्याय र सामाजिक रुपान्तरण कार्यक्रमका संयोजक चन्द्र शर्मा लगायतले सुसासन, पारदर्शिता तथा जवाफदेहिताका विभिन्न आयामहरुका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत प्रकाश पौडेल र फिल्ड सहायक यमुना शर्माले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ