समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग र"/>
2026-07-09 08:12 PM
पर्बत - PBT

आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता सुबेदिलाई सहयोग

2016-12-28

समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्त्रण गरिएको हो । बिभिन्न सहयोग दाताहरुबाट संकलित नगद र बच्चाको लागि बिभिन्न खाद्यय सामान सहित कुल ११ हजार ५ सय ५५ रुपैया हस्तान्त्रण गरिएको हो । सोहि अबसरमा भर्खर मात्र कुश्मा नगरपालिकामा कार्यकारी प्रमुखको रुपमा आउनु भएका नबआगन्तुक कुमानसिंग गुरुङ्गलाई संथाले स्वागत समेत गरेको थियो ।


सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका कार्यकारी प्रमुख कुमानसिंग गुरुङ्गले युवाहरुले गरेको कामको उच्च प्रशंसा गर्दै आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता लक्ष्मण सुवेदीलाई सहयोग गर्नेहरु प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । संस्थाले समाज सुधारमा धेरै काम गर्देै आएको र दिन दुखीहरुको लागि सहयोगि हातहरु खोजी सहयोग गर्ने संस्था रहेकोले आफु समेत यसबाट प्रभाबित भएको बताउनुभयो । उहाँले आगामि दिनमा पर्यटकिय सुचना केन्द्र संग सहकार्य गरेर नगरपालिका पनि अगाढि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।


सस्थाका अध्यक्ष थमनारायण पौडेलकोे अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत सिसेफ महिला समुहकी अध्यक्ष सरस्वाती वस्नेतले गर्नुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सल्लाहाकार यज्ञ प्रसाद शर्मा, एकता युबा क्लबका अध्यक्ष अच्युत तिबारी, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम संचालन सिसेफ नेपालका उपाध्यक्ष  कामना रेग्मीले गर्नुभएको थियो । सस्थाले बिगतका बर्षहरु देखिनै असहाय, गरिब तथा बिभिन्न सेबाहरु बाट बञ्चीत भएकाहरुलाई सहयोगि हातहरुको खोजि गरि काम गर्दै आएको छ ।


सहयोग गर्ने हरुमा संस्थाका अध्यक्ष थमनारायण पौडेल २ हजार ५५ रुपैया प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जून निर्जन पौडेल २ हजार रुपैया, समाजसेबी राजकुमार बस्नेत २ हजार रुपैया, सिसेफ नेपालका सल्लाहाकार सुबर्ण अर्याल २ हजार रुपैया, समाजसेबि रामचन्द्र सुबेदि १ हजार रुपैया र पारिबारीक होटलबाट २ हजार ५ सय रुपैया सहयोग रकम संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो