2026-09-18 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

स्वर्गीय पत्रकार कर्ण बोहोरोको परिवारलाई प्रेस चौतारीको आर्थिक सहयोग

ताराबहादुर महत/पुस १३, दोलखा । एक महिनाअघि अल्पायुमा नै निधन भएका स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारलाई प्रेस चौतारी नेपाल दोलखाले नेपाल पत्रकार महासंघ मार्फत आर्थिक सहयोग गरेको छ ।

प्रेस चौतारी दोलखा शाखाका पदाधिकारी लगायत विभिन्न पत्रकारहरुसँग संकलन गरेको सात हजार पाँच सय रुपिँया आज नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केलाई हस्तान्तरण गरिएको प्रेस चौतारी दोलखाका अध्यक्ष मोहन रिजालले जानकारी दिनुभयो । 

स्वर्गीय पत्रकार बोहोराकी धर्म पत्नी ममता बोहोराको उपचारका लागि सहयोग स्वरुप रकम पठाईएको अध्यक्ष रिजालले बताउनुभयो । ममताको दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत पत्नीको कुरुवा बसेका पत्रकार कर्ण बोहोराको गत मंसिर १० गते असमायिक निधन भएको थियो । ममताको काठमाण्डौं मध्ये बानेश्वरस्थित भेनस अस्पतालमा उपचार भईरहेको छ ।

प्रेस जगतको हितमा थोरै भएपनि सहयोग पुगोस र कुनै पनि सञ्चारकर्मीलाई समस्या पर्दा सहयोग गर्नु सञ्चारकर्मीहरुको धर्म भएका कारण सहयोग गरिएको प्रेस चौतारी दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई