महासंघ सुर्खेत र असन्तुष्ट पत्रकारहरुविच तीन बुदे सहमति "/>
महासंघ सुर्खेत र असन्तुष्ट पत्रकारहरुविच तीन बुदे सहमति "/>
पुस १४, सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतमा लागेको ताला ४० औं दिनमा खुलेको छ ।
महासंघ सुर्खेत र असन्तुष्ट पत्रकारहरुविच तीन बुदे सहमति भएपछि कार्यालयमा लागेको ताला खोलिएको हो ।
सदस्यता शुद्धिकरणमा देखिएको असन्तुष्टि केन्द्रले गरेको निर्णय दुवै पक्षले स्वीकार गर्ने, कार्यालयमा लागेको ताला खोल्ने र महासंघको हकहितका लागि आगामी दिनमा सवैसंग सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको छ । महासंघ कार्यसमितिले एकलौटी र आफूखुसी शुद्धिकरणका नाममा ९० जनाका पत्रकारहरुको सदस्यता खारेजी गरेको भन्दै असुन्तष्ट पक्षहरुले गएको मंसिर ३ गते कार्यालयमा तालावन्दी गरेका गरेका थिए ।
यस्तै लामो समय देखी क्रियाशिल पत्रकारहरुलाई पनि सदस्यतावाट बन्चित गरीएको भन्दै पत्रकारहरुले महासंघ सुर्खेतको निर्णयप्रति आपत्ती जनाएका थिए ।