१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पत्रकार कल्याणकारी कोषको स्थापना

१४ पुष २०७३, बिहीबार ०६:०९

पुस १४, रोल्पा । नेपाल पत्रकार महासङ्घ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेकोे छ । महासङ्घको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासङ्घका जिल्ला अध्यक्ष महेश न्यौपानेले आज जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधन भएपछि पिताको सम्झनामा महासङ्घलाई हस्तान्तरण गरेको रु १५ हजार नगद र महासङ्घले प्रत्येक वर्ष जिल्लामा सदस्यता नवीकरणबाट प्राप्त हुने शुल्क कृषि विकास बैंकमा जम्मा गरी आउने ब्याजबाट जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका तर जोखिममा परेका पत्रकारलाई सहयोग गरिने बताइएको छ ।

करिब तीन वर्षको बीचमा महासङ्घमा सदस्यता नवीकरणबाट करिब ४० हजार सङ्कलन भइसकेको महासङ्घले जनाएको छ । सो कोषको इच्छुक व्यक्ति सङ्घसंस्था वा समूहले पनि रकम थप गरी जम्मा गर्न सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन