By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    5 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नदीनालाको निकासी खोल्ने अभियानमा लागेका दल एकाएक थाके
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > नदीनालाको निकासी खोल्ने अभियानमा लागेका दल एकाएक थाके
कपिलवस्तु - KPLसमाज

नदीनालाको निकासी खोल्ने अभियानमा लागेका दल एकाएक थाके

साझासवाल
Last updated: March 28, 2016 11:29 am
साझासवाल
10 Min Read
Share

nadi

दीपकअनुरागी आचार्य, चैत १५, कपिलवस्तु । फाल्गुण १२ गतेको कुरा हो । सधै आ
आफ्नो राजनैतिक दर्शन र एकले अर्कालाई दोषारोपण गर्दै आफ्नै ढिपि गर्ने कपिलवस्तुका शिर्ष राजनैतिक दल
नेपाली काङ्ग्रेस, नेकपा (एमाले), एनेकपा (माओबादी), राप्रपा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टि,
फोरम (लोकतान्त्रिक), संघिय समाजबादी फोरम नेपाल, सद्भावना पार्टि लगायतका नेता वाणगंगा नदीमा एक जुट भए
। कारण थियो आर्थिक बर्ष २०७२÷०७३ लागे संगै अझै जिल्लाका नदीनालाबाट नदीजन्य पदार्थ ढुङ्गा गिट्टि
बालुवाको निकासी निस्कन नसक्नु । अब त्यसको कार्यान्वयनको लागी खोलामा पुगि राज्यलाई घुर्कि धम्कि के के
दिने हो सबै दिन खोज्नु ।

राजनैतिक दलको यस प्रकारको अभियानमा
गैरसरकारी संघ संस्थाले पनि साथ दिन भ्याए । हुन त तिनै पार्टिका बिल्ला भिर्न माहिर संघ संस्थाका
व्यक्तिले यस्तो कार्यमा साथ दिन किन पो हिच्किचाउँथे र ? विशेष गरी अभियानलाई तन मनले साथ दिएको थियो ।
नेपाल किसान ट्याक्टर समिती कपिलवस्तुले ।

यस समितीले वाणगंगा
नदीमा करिब ३ सय भन्दा बढी ट्याक्टर खडा गरेको थियो । नदीको माहोल बडो गजबको थियो । एका तिर एक बर्ष
देखि भौतिक निर्माणको काम अलपत्र हुदाँ बिकास निर्माणको काम ठप्प थियो भने अर्को तिर व्यक्तिगत घर
निर्माण गर्ने कार्य पनि रोकिन पुगेको थियो । नदीजन्य पदार्थको निकासी खोल्न नसक्दा बिशेष गरी आम
सर्वसाधारण मर्कामा परेकै हुन्, त्यो चाँहि साँचो कुरा हो ।
कपिलवस्तुका राजनैतिक दलले पटक पटक
जिल्ला बिकास समिति कपिलवस्तुलाई नदीजन्य पदार्थको निकासी खोल्न दबाब दिदै आएका थिए । कहिले धर्ना,
कहिले वार्ता, कहिले अल्टिमेटम त कहिले धम्कि ।

पटक पटक यस्तो
प्रक्रिया चलिरह्यो । सञ्चार माध्यम पनि त्यस कार्यको लागी हातमा हात साथमा साथ दिन बाध्य भए । किनभने
नदीनालाको निकासी ननिस्कनु आम सर्वसाधारण संग जोडिएको बिषयबस्तु थियो । त्यसको मारमा आम जिल्लाका
सर्वसाधारण परेका थिए । हाकिम देखि नेता सम्म, धनि देखि गरिब सम्म, व्यवसायि देखि मजदुर सम्म । हुन त
त्यसका नकरात्मक पाटाहरु पनि थुप्रै छन्, समग्रमा हेर्दा खोलनालाको निकासी नखुल्दा जिल्लावासी मर्कामा
मै छन् ।

गत साउन २८ गते देखिको मधेस आन्दोलन कपिलवस्तुमा पनि
लामो समय सम्म चलिरह्यो । राजनितिक स्वार्थपुर्तिले गरिएको त्यस प्रकारको आन्दोलनले यहाँका दलमा मनमुटाव
सिर्जना गरेको थियो । जिल्ला सदरमुकाम तौलिहवामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओबादी
पार्टिका पार्टि कार्यलय धन्नै धन्नै तडफोडको सिकार हुन पुगे । नेकपा (एमाले)को पार्टि कार्यालयमा त पटक
पटक तोडफोडको प्रयास पनि भयो ।

सदियौ देखि मिलेर बसेको समाजमा
द्धेष फैलाउने काम यहि राजनितिले गरायो । कहिँ जातिको नाममा, कहिँ भाषीको नाम त कहिँ क्षेत्रियताको
नाममा । यस्तो राजनितिक रुपले प्रताडित कपिलवस्तुका जनता फाल्गुण महिनाको १२ गते बडो अचम्मित थिए ।
हातमा हात मिलाएर वाणगगां खोलामा दलबलको साथ जुटेको देख्दा ।

पटक पटकका कदमलाई जिविसले हत्याए पछि उनिहरु यस्तो कदम चाल्न बाध्य भए कि ? अब कुनै पनि
प्रशासनले निकासी बन्द गर्न सक्दैन् । सबै राजनिति दलका नेताको एउटै प्रण थियो “हामी मर्न तयार छौ तर
झुक्न तयार छैन् ।’ ‘ हामी आन्दोलन गर्न तयार छौ तर मिति पर्खन तयार छैनौँ ।” यहि साहसी कदम लिएर
राजनितिक दल अगाडी बढेका थिए ।

भाँचिएका मनहरु मिलेको देख्दा,
बिकास निर्माणका काम ठप्प हुँदा अब त काम हुने भयो भन्ने आशा जागेको देख्दा, ढुङ्गा गिट्टि बालुवा
नपाउँदा घर निर्माणको काम ठप्प भएको बेला घर बनाउने सपना विपनामै परिणत हुने होकि भन्ने वातावरण देख्दा
नागरिकमा एक छाडि एक उमङ्ग आएको थियो । तर ति आशा पुनः निरासीमा परिणत हुने वाला छ । त्यो अभियान एक
दिने नाटक मञ्च त होइन् भन्ने टिका टिप्पणी आउन थालेको छ ।

जिल्लाका सबै राजनितिक दलले निकासी खुल्ला गर्ने अभियान चलाए पनि अहिले सुस्ताउन पुगेको साँचो
यर्थाथ भएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई बताउँनुहुन्छ । ‘ के के नै हुने भयो
भन्ने मा हामी थियौँ, तर एक दिनको लागी मात्र रैछ, । अध्यक्ष पछाईले भन्नुभयो । ” “जिविसका चिल्ला
कुराले राजनितिक दलका नेता कतै चुकुका पनि हुन सक्छन् । ” नदीनालाको निकासी नखुल्दा आम सर्वसाधारण
मर्कामा परेकोमा सरोकारवाला गम्भिर बन्नुपर्नेमा उहाँको जोड छ । जिल्लामा भर्खरै सरुवा भई आउनुभएका नयाँ
प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले एक हप्ता भित्र निकासी खोल्ने प्रतिवद्धता जनाएको आधा महिना
वित्दा समेत काम नहुँनु दुखुत रहेको उहाँको तर्क छ ।

यता निकासी
खोल्नको लागी अगुवा बनेको सत्तारुढ दल नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पाख्रेलले आफुहरुलाई कमजोर
नठान्न जिविसलाई चेतावनी दिनुहुन्छ । “हामी जिविस, प्रशासन कार्यालय संग पटक पटक सर्वदलिय बैठक बसेका
छौँ, त्यस बेला के के सहमती भएका हुन्, एक पटक म सम्झन आग्रह गर्छु अध्यक्ष पोख्रेलले भन्नुभयो । ”
फाल्गुण १२ गते देखि खुल्ला गरेको निकासी आफुहरुले बन्द नगरेको उहाँको दावी छ । “ मेरै अध्यक्षतामा
सर्वदलिय बैठक बसेर निकासी खोल्ने निर्णय गरेका हौँ, ” ‘ त्यो अभियान एक दिनको लागी मात्र होइन् आर्थिक
मसान्त सम्मका लागी हो । ’ उहाँको दावी छ ।

व्यक्तिगत प्रयोजनका
लागी सवै नागरिकले ढुङ्गा गिट्टि बालुवा लैजान पाउँन्छन्, उहाँले भन्नुभयो ।” त्यस्तो कार्य गरे प्रशासन
चुप लागेर बस्ला त भन्ने प्रश्नमा उहाँले कार्रबाहि गरेर देखाउन चुनौति दिनुभयो । निकासी खुल्ला गर्ने
सन्दर्भमा वातावरण, भुगर्भविद् संग छलफल भैरहेको बताउँनुभयो । प्रधानमन्त्री केपि शर्मा ओलीलाई पनि भेटि
निकासी खुल्ला गर्ने बारेमा ध्यानाकर्षण गराएको उहाँले सम्झनुभयो ।
यसरी एकाएक जिविसको अनुमती बिना
नदीनाला खोल्नु कानुन विपरितको कार्य हो । तर फाल्गुण महिनाको १२ गते राजनितिक दलले जवरजस्ति निकासी
खुल्ला गर्दा जिल्ला प्रशासन चुप लागेको बसेको थियो ।

जनितिक दल
संगको सहकार्यमा निकासी भएको हो या होइन् त्यस बिषयमा जिल्ला प्रशासनले कुनै प्रतिक्रिया दिएन् । अहिले
नेपाल सरकारले चुरे क्षेत्र संग जोडिएर रहेको खोलानालाको निकासी निकाल्नको लागी आइई गर्नु पर्ने
प्रावधान बनाएको छ । त्यसले गर्दा समस्या आएको कतिपयको बुझाईछ ।

गत चैत्र ४ गते तौलिहवामा भएको सर्बपक्षिक बैठकमा सहभागि सांसद, प्रमुख जिल्ला अधिकारी सबै
राजनैतिक दलका प्रमुख, स्थानीय विकास अधिकारी लगाएतका मुख्य सरोकारवालाले एक हप्ता भित्रै निकास
निकाल्ने सहमति गरेका थिए । जिल्लाको विकास निर्माण अवरुद्ध हुन नदिन जिल्लाका मुख्य सरोकारवाला सहमत
भएका थिए ।

त्यस बैठकले बाणगंगा लगायतका मुख्य नदीहरुवाट निकासी
नहुँदा विकास निर्माणको काम अवरुद्ध भएको निष्कर्ष निकाल्दै एक हप्ता भित्रमा निकासीको ब्यवस्था कानुनत
मिलाउन सबैपक्ष सहमत भएको प्रजिअ इन्दु घिमिरेले बताउनुभएको थियो । बैठक भएको दुई हप्ता बितिसक्दा पनि
त्यसको निकासा निस्कन सकेको छैन् । कहिलेको एक हप्ता हो जनता अन्यौलमा छन् ।

बैठकमा सहभागि सांसद विश्राम प्रसाद थारुले वाणगंगा नदीवाट नदिजन्य पदार्थ निकासी गर्न
तत्काल दैवि प्रकोप उद्धार तथा राहत समितीको बैठक राखि प्रजिअले पहल गर्नु पर्ने स्पष्ट पार्दै मन्त्री
परिषद बैठकले वाणगंगाको विषयमा निर्णय गर्छ भनेर पर्खनु जरुरी नरहेको तर्क गर्नु भयो । बाणगंगा सहितका
धिरी खोला लगायतका नाका सूचारु नगरे अव जनस्तरवाट स्वतः खुलागर्ने दवाव वढेकाले कसैले चाहेर पनि रोक्न
नसक्ने चुनौती दिनुभयो ।

त्यस्तै क्षेत्र नं ३ का सांसद वृजेश
कुमार गुप्ताले कपिलवस्तुको दक्षिणी भेग विकासमा स्वतः पछि रहेकोमा यसपाली नदीनाला खुल्न नसक्दा अझै पछि
परेको औल्याउदै जिल्ला प्रशासनले तत्काल निकासी सूचारु गर्ने निर्णय नगरे सदरमुकाम ठप्प हुने गरि संघर्ष
गर्ने वताउनुभयो । बैठकमा सहभागि स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले प्रजिअ अथवा मन्त्रालय
मध्ये जसले गरेपनि निकासी सूचारु गर्ने निर्णय गरेपछि जिविसले गर्नुपर्ने काम तत्काल गर्ने स्पष्ट
पार्नुभयो ।

यसरी कहिले निकासी खुल्ला गर्नु पर्छ भन्दै
सर्वदलिय बैठकमा सहभागी हुने कहिले निकासी खुल्ला गरेका छौ, जनताले चाहिए जति ढुङ्गा गिट्टि बालुवा
निकाल्न सक्छन् भन्दै प्रतिक्रिया दिने जिल्लाका नेताहरुको बोली पिच्छे व्यवहार फरक फरक भएको पाइएको छ ।
“कि त जनतालाई चाडो निकासी खोलिदिनु प¥यो कि त खुल्दैन् भन्नु प¥यो । नागरिक अगुवा द्रोणराज सुवेदीले
भन्नुभयो । ” जनतालाई अन्यौलमा पार्ने काम नगर्न उहाँको सुझाव छ ।

जिविस र जिल्ला प्रशासन कार्यालयले राजनितिक दललाई झुलाई दिने काम मात्र गरेको सुवेदीको
टिप्पणी छ । मन्त्री देखि तल्लो लेवलका नेता तथा कर्मचारी नै भष्ट्रचारमा डुबेकोले काम हुन नसकेको
उहाँको भनाईछ । “ बिगतका बर्षमा निकासी दोस्रो मुलुक पठाउदा सरकार चुप लागेर बसेको र अहिले स्वदेशमै
प्रयोग गर्न खोज्दा सरकारले अप्ठ्यारोमा पारेको उहाँले बताउनुभयो ।” देशका जनताको लागी कुनै नेता गम्भिर
नभएकोमा उहाँले दुखेसो छ ।

कपिलवस्तुकै सबैभन्दा बढी राजश्व
उठ्ने नदीको रुपमा वाणगंगा नदीलाई लिने गरिन्छ । यहि चालु आर्थिक वर्षमा केन्द्रिय स्तरका करोडौं लागतका
विकास निर्माणका योजनामा बजेट विनियोजन भएको छ । तर नदिजन्य पदार्थको अभावमा तौलीहवा रामघाट गोरुसिंगे
सडक कालोपत्रे, पिपरा पकडी चाकरचौडा कालोपत्रे सडक, निर्वाचन क्षेत्र विकास सडक कालोपत्रे, ४ नम्वर
जितपुर तौलीहवा डवल लेनको सडक कालोपत्रे लगायत दर्जन बढि सडक छन् । त्यसैगरी सिंचाइ, खानेपानी, पुल
पुलेसा, सरकारी भवन निर्माणमा समेत करोडौ रुपैयां खर्च हुन नसक्दा फ्रिज हुन गइ जिल्ला असफल हुने खतरा
बढेको छ । कपिलवस्तुको आन्तरिक आयस्रोतको अधिकांश हिस्सा ओगट्ने नदिजन्य पदार्थको ठेक्कापट्टा हुन
नसक्दा झन्डै ७ करोड राजश्व समेत गुमेको जिविसको भनाई छ ।

फोटो : कपिलवस्तुको
वाणगंगा नदीको नदीजन्य पदार्थको निकासी निस्कन नसक्दा यहाँका राजनितिक दलका नेताले जवरजस्ती निकासी
निकालेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बलात्कार पछि बालिकाको हत्या आरोपमा एकजना पक्राउ
Next Article नागरिक संवाद कार्यक्रम सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

धनुषा - DNSमहोत्तरी - MHTसमाज

जलेश्वर–जनकपुर बाटो अवरुद्ध

57 years ago
सप्तरी - SPTसमाज

पाँच वर्षीया बलात्कृत

57 years ago
समाजसुर्खेत - SKT

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

57 years ago
काठमाडौँ - KTMसमाज

बागमती प्रदेशका ४७९ कर्मचारीको म्याद थप

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?