सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको ६० गाविसका विद्यालयमा अक्षकोष स्थापना अभियान तिब्र

२०७३, १५ पुष शुक्रबार ०२:५५

सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा.वि.स एक विद्यालय छनोट गरी जिल्लाका ६० विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान अगाडि बढाएको हो । पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरि अक्षकोष स्थापनाको कार्यक्रम संचलन गरिएको युएई समाजले जनाएको छ  ।

समाजले बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तीब्रता दिएको बताएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत १५ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएइका पदेन सदस्य तथा पाल्पाली समाज युएईका क्षेत्रीय समिति अध्यक्ष इन्द्रबहादुर घर्तिले जानकारी दिनुभयो । यसैबीच जनप्रकास निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठिकोलमा अक्षकोष स्थापनाको कार्यक्रम सकिएको छ । पाल्पाली युएई समाजका पदेन सदस्य इन्द्र बहादुर घर्ति र दुर्गा बहादुर बारघरे गाउँमै पुगेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षकोष स्थापनाको लागि २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै घर्तिले समाजको नयाँ कार्यनीति अनुसार एक बर्ष मा ३६४ दिन आफ्नो लागि र १ दिन समाजको लागि भन्ने एक दिने अभियान संचालनगरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गाउँ कमिटि सभापति अनिरुद्र खनालले पाल्पाली समाज युएईले संचालन गरेको एक गाविस एक विद्यालय अक्षकोष स्थापना कार्यक्रम सह्रानीय रहेको भन्दै अक्षकोषको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रम को संचालन प्रधानाध्यापक दामोदर न्यौपानेले गर्नु भएको थियो ।   




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै