नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरे"/>

2026-08-29 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

क्रियाशिल पत्रकारद्धारा पत्रकार महासंघमा तालाबन्दि


नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरेका छन् । पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको मंसिर ३ गतेसम्म आह्वान गरेको नयाँ सदस्य वितरणमा एकलौटि गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबन्दि गरेका हुन् । 

पत्रकारहरुको हक, हित र पेशागत संरक्षण, निति निर्माणका लागि वकालत गर्ने महासंघ जुम्लाले विगत एक दशक लामो समय देखि एकलौटि रुपमा सदस्यता वितरण गर्दे आएकाले अनिश्चित तालाबन्दि गरिएको जुम्लाका क्रियाशिल पत्रकारहरुले बताएका छन् । जुम्लामा रहेका नेपाल प्रेस युनियन, प्रेस चौतारी, पत्रकार समाज, मिडिया नेपाल लगायतका संघ संघठनले महासंघ शाखा जुम्लामा तालाबन्दि गरेका हुन् । 

जुम्लामा रहेका अन्य संगठनसँग समन्वय नगरी पत्रकार महासंघको सदस्यताका लागि सिफारिसमा एकलौटी ढंगले ४७ जनाको नाम सिफारिस गरिएको प्रति आपति प्रकट गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकारका संघ संगठनले अनिश्चित कालका लागि तालाबन्दि गरेको छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानकर्षण पत्र पेश गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकार संघ संगठनहरुले तालाबन्दि गरेको जानकारी गराएका छन् । काम गरि रहेका पत्रकारहरुलाई सदस्यता दिने ठांउमा एकलौटी ढंगले पार्टीको सदस्यता विवरण गरेझै पत्रकारहरुको सदस्यता सिफारिस तथा वितरण गरेको आरोप लगाईएको छ । आफ्ना नाता गोताको भत्र्ति केन्द्र महासंघलाई बनाएकोले तत्काल त्यसलाई रोक्न ध्यानकर्षण पत्र मार्फत अपिल गरिएको छ ।

नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष एलपी देवकोटाको अगुवामा महासंघ शाखा जुम्लाले सिफारिस गरेका नामहरु तत्काल रद्ध गरी सदस्यताका लागि आवेदन दिएका सबै पत्रकारहरुको व्यवसायिकताका आधारमा सदस्यता वितरण गर्न माग गरिएको छ । जिल्ला शाखा जुम्लाले २०७३ मंसिर ३ गते सम्म सदस्यताको लागि आवेदन बुझाउन सार्वजनिक सूचना आह्वान गरेता पनि महासंघ शाखा जुम्लाले आफ्ना पक्षका सदस्यताको सिफारिस २०७३ कार्तिक ३० मा नै केन्द्रमा नामावली पठाइएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । 

पत्रकारहरुको हक हितमा काम गर्ने पत्रकारहरुलाई ओजेलमा पारेकाले तत्काल कमि कमजोरी सच्चाई सवै संघ, संगठनसँग समन्वय गरि नया सदस्यता सिफारिस गर्न ध्यानकर्षण पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो