महेन्द्र केसी पर्वत १५ पौष । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका साथै औद्योगिक विकासको लागि तीन बर्ष पछि आयोजना हुन लागेको पर्वत महोत्सवको तयारी तिब्र रुपमा ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत १५ पौष । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका साथै औद्योगिक विकासको लागि तीन बर्ष पछि आयोजना हुन लागेको पर्वत महोत्सवको तयारी तिब्र रुपमा ह"/>
२०८३, ८ बैशाख मंगलवार
पर्बत - PBT

पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा साहसिकका लागि प्याराग्लाइडिङ र ¥याफटिङ

२०७३, १५ पुष शुक्रबार ०६:१३

महेन्द्र केसी पर्वत १५ पौष । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका साथै औद्योगिक विकासको लागि तीन बर्ष पछि आयोजना हुन लागेको पर्वत महोत्सवको तयारी तिब्र रुपमा हुदैछ ।

उद्योग बाषिज्य संघ पर्वतको मुख्य आयोजना तथा जिल्ला विकास समितिको कार्यालय, कुश्मा नगरपालिकाको सहकार्य र एनआईसी एसिया बैक जिल्ला शाखा पर्वतकोे मुख्य प्रायोजनमा हुन लागेको पाँचौ पर्वत महोत्सव अवधिभर जिल्लामा प्याराग्लाइडिङ र ¥याप्टिङको सेवा  प्रदान गरिने भएको छ ।पाँचौं पर्वत महोत्सवको तयारी तीव्र गतिमा भएको छ ।


‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने मूल नाराका साथ  आयोजनामा हुन लागेको पश्चिमाञ्चल क्षेत्रीय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव २०७३ मा महोत्सव हेर्न आउने दर्शकहरुका लागि कालीगण्डकीमा ¥याफ्टीङ र दुर्लुङबाट कुश्मामा प्याराग्लाइडिङ संचालन गरिने आयोकले जनाएको छ ।  


आकाशमा उडन् र नदीको बहावसँगै कालीगण्डकीमा रमाउन चाहानेहरुको लागि पाँचौ पर्वत महोत्सवले यो सुविधा उपलब्ध गराएउने जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नै केन्द्रित भएर आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सव अवधिभर आकाशमा प्लाराग्लाइडिङ र कालीगण्डकीमा ¥याप्टीङको सेवा तथा सुविधा समेत संचालन हुने भएको छ । 

पाँचौ पर्वत महोत्सवमा यसपटक भने कुश्मा स्थित दुर्लुङको डाँडाबाट ब्यवसायीक प्यारागराइडिङ र कालीगण्डकी नदीमा ¥याफटिङको सुविधा समेत प्रदान गरिने महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले जाकारी दिए ।


महोत्सवको उद्घाटनको अवसरमा प्याराग्लाइडिङबाट पुष्पवृष्टि गरिने कार्यक्रमरहेको छ । साथै प्याराग्लाइड गर्न चाहने महानुभावहरुलाई दुर्लुङ देखि कुश्मासम्म यात्रा गर्न सकिने व्यवस्था मिलाइएको पर्वत उद्योग वाणिज्य संघकाबरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिए । उनका अनुसार उद्घाटनको दिन  प्याराग्याराइडिङ कम्पनीले निशुल्क महोत्सव स्थल वरपर पुष्पबृष्टि गर्नेछ भने, दोस्रो दिन देखि ब्यवसायीक उडान हुनेछ । 

प्रतिब्यक्ति ३ हजार ५ सम्मको शुल्कमा सिएनएन कार्डेल नेचुरल नेपाल ट्राभल्स एण्ड टुल्स कम्पनी मार्फत प्याराग्याराइडिङको सुविधा प्रदान गर्न लागिएको हो । त्यस्तै कालीगण्डकीमा नदीमा ¥याफटिङको सुविधा समेत प्रदान गर्न लागिएको पनि बताइएको    छ । कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई प्रोत्साहन गर्न महोत्सवको पूर्व सन्ध्यामा कालीगण्डकी सरसफाई अभियान      राखिएको र महोत्सव अवधिभर इच्छुक जोकोही पनि महोत्सवको सचिवालयमा सम्पर्क राखी जलयात्रा गर्न सक्ने प्रबन्ध मिलाइएको पर्वत उद्योग वाणिज्य संघ तथा आयोजक समितिले जनाएको   छ ।


महोत्सवमा पर्वतमा उत्पादित लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुलाई विशेष छुटमा स्टल राख्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय लघु उद्यमको विकासको लागि र जिल्लाको  पर्यटन प्रवर्धनको लागि आवश्य पूर्वधार तयार पार्नको लागि महोत्सवको आयोजना हुन लागेको बताइएको छ । महोत्सवले जिल्लाको मात्रै नभई पश्मिचमाञ्चल तथा प्रदेश ४को पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि टेवा पुग्ने जनाइएको छ ।


त्यसैगरी महोत्सव हेर्न आउने दर्शकको लागि सहुलियत दरमा १० दिनको लागि ५ सयको व्याकेजमा टिकटको व्यवस्थापन गरीएको मूल आयोजक समितिका सचिव ठाकुर वि पौडेलले     जानकरी दिए ।  उनका अनुसार महोत्सव अबलोकन गर्न आउने विद्यार्थीहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । कक्षा १२ सम्मका विद्यार्थीलाई परिचय पत्रका आधारमा ४० रुपैयाँ टिकट प्रवेश शुल्क र अन्यको लागि ६० रुपैयाँ कायम गरिएको छ । उनले भने ।

महोत्सवको उदेश्य

  • समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवद्र्वन गर्ने ।
  •  पर्वत जिल्लाका ऐतिहासीक, धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने ।
  •  पर्वत जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्वन तथा प्रचार प्रसार गर्ने 
  •  महोत्सवबाट वचत रकमले खेलकुद क्षेत्रको बिकास र कुश्मा बजारमा सिटिहल निर्माण गर्र्ने ।
  •  लोक संस्कृतिको संरक्षण, सम्वद्र्वन र प्रवद्र्वन गर्ने ।
  •  स्थानिय उत्पादन,उद्योग, व्यापार र व्यवसायको विस्तार साथै    राष्ट्रिय तथा अन्तराष्टिूय क्षेत्रमा पहिचान गराउने ।
  • ड् देश नं ४ को मुख्य पर्यटकीयनगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने ।

महोत्सवको मुख्य आकर्षण

  •  झाँकी प्रर्दशनी ड्ड खुल्ला पुरुष भलिवल प्रतियोगिता
  • विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता
  • रत्यौली प्रतियोगिता
  • छेलो प्रतियोगिता
  •  खुल्ला दौड 
  •  स्थानिय घरेलु उत्पादनहरुको विक्री तथा औद्योगिक प्रद्र्धशनी
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तूहरुको उचित मुल्यमा विक्री 
  •  शैक्षिक प्रद्र्धशनी 
  •  कृषी प्रद्र्धशनी 
  •  फोटो प्रद्र्धशनी
  •  प्रत्येक दिन फरक–फरक  राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती ड्डउत्कृष्ट स्टल लाई पुरस्कारको व्यवस्था
  •  बाल उद्यान ड्ड प्रशिद्ध गुप्तेश्वर तथा अल्पेश्वरगुफा, कुश्मा वलेवा यान्त्रिकपुल एवं नेपालका  सबैभन्दा अग्ला ३ वटा झोलुङ्गेपुलहरुको अवलोकन ।
  •  स्थानीय अल्लोका कपडा, लोक्ताको नेपाली कागज हस्तकलाका सामाग्रीहरु, सुन्तला, जुस, मह, जडिबुटी, अदुवा क्यान्डीे प्रदर्शनी  ।
  •  जिल्लाको लोक संस्कृतिमा आधारित झाकी प्रदर्शनी ।
  •  सूचना प्रबिधि संम्वन्धी     जानकारी । आदी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ