2026-09-16 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवामा दोस्रो, चन्द्रौटामा पहिलो सडकखाना महोत्सव हुँदै

mahotsabकमल बेल्बासे/चैत्र ३०, कपिलबस्तु । “सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने
उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा आज दोस्रो सडकखाना महोत्सव हुदै छ ।

नयाँ बर्षका अवसरमा तौलिहवामा सडक खाना महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय
परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगितीक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ

महोत्सवमा स्थानिय कला संस्कृतकिो प्रचार प्रसार गर्न मयुर नाच,
याक नाच, अहिरौवा नाच र थारु नाच प्रर्दशन गरिने योजना रहेको आयोजकले जनाएका छन । यस बर्ष महोत्सवमा
निशुल्क प्रबेशको व्यवस्था गरिएको जनाउदै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली अधिकारी र
भारतिय कलाकारको प्रस्तुती रहने बताइएको छ ।

sadak mahotsab

थारु, अबधी, मुस्लिम, नेवारी, गुरुगं, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न
परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल राखिने राखिने भएको छ । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन
गर्ने १५ लाख बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी
कपिलवस्तुको पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सोमबार साझ देखि सडक खाना महोत्सव भएको छ । त्यस
क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि
महोत्सव गर्न लागिएको हो ।

विभिन्न जातजातिका कलासंस्कृति,
भेषभुषाका साथै धार्मिक तथा पर्यटकीय स्थल शिवगढी, धानखोला, सोनवागढ, उमरी गुफा, कर्णेश्वरी मन्दिर,
दुर्गा मन्दिर लगायतका क्षेत्रको प्रचारप्रसारमा विशेष प्राथमिकतामा राखिएको आयोजक संस्थाका अध्यक्ष
श्रृजन पोख्रेलले जानकारी दिनुभयो । ओझेलमा परेका जिल्लाका पश्चिमी क्षेत्रका ऐतिहासिक सांस्कृतिक
धरोहरहरुको प्रवर्धनमा टेवा पु¥याउन सडक खाना महोत्सव आयोजना गरिएकोे बताउनुभयो ।

ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा विभिन्न
जातजातिको खानाको परिकारहरुको स्टल राखिएको छ । लोप हुन लागेका विभिन्न जातजातिका खानाका परिकार,
भेषभुषा, कलासंस्कृतिको जगेर्नामा समेत ठूलो सहयोग पुग्ने पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । महोत्सव
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य बजारको एभरेष्ट बैंक अगाडि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु