१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

१६ पुष २०७३, शनिबार ०३:४१

पुस १६, रुकुम । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । 

विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ । उहाँमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ । टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । 

मोराबाङ लेकमा रहेको स्काई (जिएसएम) फोनको टावर बिग्रिएको लामो समयदेखि निष्क्रिय भएपछि स्थानीयवासी सञ्चारविहीन भएका हुन् । नेपाल टेलिकमको जिएसएम टावरले काम नगर्ने भएकाले स्थानीयवासीलाई सास्ती भएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताउनुभयो । पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ । “सबैका हातहातमा मोबाइल र घर घरमा फोन हुनुपर्ने बेलामा हामीलाई भने यस्तो सास्ती छ,” कोलका बासिन्दा वीरेन्द्र बुढाले भन्नुभयो “सरकारले साह्रै बेवास्ता गरेको छ ।” 

नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक आउन ढिला भएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह