2026-10-15 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पत्रकार महासंघद्धारा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी

नन्दराम जैशी/पुस १६, जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाले जारी गरेको प्रेश विज्ञप्तीमा जुम्लामा रहेका क्रियाशिल पत्रकारहरुको साधारण सदस्यता खारेज गरिने धम्की दिएको भन्दै जुम्लाका क्रियाशिल विभिन्न संचार माध्यममा काम गर्ने पत्रकारहरुले गम्भिर ध्यानकर्षण भएको बताएका छन् । महासंघ जुम्लाले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, जुम्लामा काम गर्ने क्रियाशिल पत्रकारहरुको साधारण सदस्य  पनि नरहने गरि खारेज गरिने छ ।

 यसैगरि, जुम्लाका क्रियाशिल पत्रकारहरुले पत्रकार महासंघमा रहेका पत्रकारहरुको सुदृढिकरण अभियानको थालनी गर्ने भएका छन् । जुम्लाका क्रियाशिल पत्रकारहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती निकाल्दै पत्रकारहरुको सुदृढिकरण अभियानको थालनी गर्ने जानकारी दिएका हुन् । अभियानलाई सवैले सहयोग गर्न अपिल गर्दै क्रियाशिल पत्रकारहरुले उठाएका जायज मागको सम्बोधन गर्न समेत पत्रकार महासंघ जुम्लालाइ

प्रेस विज्ञप्ती मार्फत अपिल गरीएको छ ।            

 प्रेस विज्ञप्ती  पत्रकारीता पेशामा तल्लिन रहेका पत्रकारहरुको सदस्यताको लागि जिल्ला शाखामा पत्रकार महासंघको विधानको दफा ४ को उपदफा १ बमोजिम योग्यता पुगेपनी सदस्यताको लागि सिफारिस नगरि गैर पत्रकार भन्दै वेवास्ता गरि आफ्नो पार्टी नाता, गोता र इष्टमित्रको भर्ति केन्द्र वनाउने भए, हामी यस महासंघमा वसिरहनुको औचित्य नै छैन र रहदैनौ पनि भनिएको छ । 

जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सदस्यताको लागि २०७३ मंसिर ३ गते दिनको १२ बजे सम्म सार्वजनिक सूचना आह्वान गरेपनि आफ्ना नजिकका मानिसहरुको सदस्यता सिफारिस भने २०७३ कार्तिक ३० गते नै केन्द्रमा पठाइ जिल्लाका क्रियाशिल पत्रकारहरुका आँखामा छारो हाल्ने काम गरिएको पत्रकारहरुको भनाइ छ ।

 नयाँ सदस्यता सिफासिरका विषयमा पटक पटक महासंघ संग समन्वय गर्न खोज्दा पनि कुनै प्रतिकृया नआएपछि हामी आन्दोलित हुन वाध्य भएका हौ, प्रेस विज्ञप्तीमा पत्रकारहरुले भनेका छन् । पत्रकारीता आवाज विहिनको आवाज हो । दविएका आवाजहरुलाई राज्यको मुलधारमा ल्याउने पुल समेत पत्रकारिता हो । तर ति दविएका आवाज ल्याउने पत्रकारहरुलाई पनि पत्रकार महासंघले गैर पत्रकारको विल्ला भिराएर आफ्नो अयोग्यता प्रति प्रश्न चिन्ह खडा गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

 नेपाल प्रेस युनियन, प्रेस चौतारी, मिडिया नेपाल, पत्रकार समाज, रेडियो कर्णाली, रेडियो नारी आवाज, रेडियो सिंजा एफएम, रेडियो माउन्टेन एफएम, माउन्टेन टुडे दैनिक, जय मातृभूमी कर्णाली, रिपोर्टर्स क्लव नेपाल, जुम्ला, कर्णालीको खोज खबर लगाएत जुम्लामा रहेका मिडियामा कार्यरत क्रियाशिल पत्रकारहरुले संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गरेका छन् । केहि पार्टीका केन्द्रिय सदस्य देखि जिल्ला कमिटीका पदाधिकारीहरुलाई समेत पत्रकार महासंघको सदस्यता दिलाउनका लागि सिफारिस गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 नेपाल पत्रकार महासंघ पत्रकारहरुको निति निर्माण देखि हक हित र संरक्षणका लागि स्थापित संस्था हो भन्नेमा दुई मत छैन । तर नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्लाका क्रियाशिल पत्रकारहरुले आफ्नो पहिचान खोज्दा उल्टै पहिचान मेटाएर दमित वनाउने प्रयास गर्यो । 

अधिकार मागेर होइन संघर्ष गरेर प्राप्ति हुन्छ भन्ने मान्यता अनुसार महासंघका क्रियाकलाप प्रति असन्तुष्ट पत्रकारहरुले उठाएको जाहेज मागलाई सम्बोधन गर्नुको साटो धम्कीपूर्ण भाषा प्रयोग गरेर साधारण सदस्य समेत बाट हटाउने खालको प्रेस विज्ञप्ती निकालेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका पत्रकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने