2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बर्षात सुरु हुनै लाग्दा २२ करोड वढीका सडक योजना कपिलवस्तुमा शुरु

kapilvastu sadak divisionकमल बेल्बासे/बैशाख २३, कपिलबस्तु
सबै आयोजना यसै आर्थिक बर्षको असार मसान्त सम्म सम्पन्न गरिने लक्ष्य रहेको छ ।

दश महिना बित्नै लाग्दा बेकाम २ महिनामा लै लै काम नै कामले डिभिजन
कार्यालय तातिने भएको छ । कपिलबस्तुको सडक डिभिजन कार्यालय शिवपुरुले जिल्लामा एकै साथ करिव २२ करोड
बढीको लागतमा सडक निमार्ण तथा मर्मत कार्य शुरु छ । यसै आर्थिक वर्ष २०७२ ÷०७३ को असार मसान्त सम्ममा
सम्पन्न गर्ने गरी जिल्लाका महत्वपुर्ण सडक निमार्ण कार्य एवं मर्मत शूरु भएको सडक डिभिजन कार्यालय
शिवपुरका प्रमुख नवोनाथ झाले जानकारी दिनु भयो ।

जिल्लाका
गोरुसिंगे तौलिहवा सडक यसै आर्थिक वर्षमा कालोपत्रे गर्न ३ करोडमा ठेक्का लागेको छ भने जिल्लाका ५ वटै
निर्वाचन क्षेत्रमा बहुवर्षे कार्यक्रम अन्तरगत ५ वटा सडक पनि निमार्ण कार्य शूरु भएका छन । बहुवर्षे
कार्यक्रममा आरटियो रोेड ,खरेन्द्रपुर देखि महाराजगञ्ज ,सोमडी बेल्सापुर सडक ,लक्ष्मणघाट मधैलीया सडक र
पचेहरा उजडीहवा देखी कोठी नदी सम्मको सडक निमार्ण कार्य शूरु भएको कार्यालयले जनाएको छ । उक्त सडक
निमार्णका लागी यस आर्थिक वर्षमा रु ५०÷५० लाख रकम विनियोजित भएको छ । यसै गरी यहि आर्थिक वर्षमा पिपरा
पकडी चाकरचौडा सडक निमार्ण कार्य शूरु भएको छ ।

उक्त सडक
निमार्णका लागी रु १ करोड बजेट विनियोजन भएको छ । यस्तै जिल्ला स्तरका १६वटा नयाँ सडकहरुका लागी करिव १
करोड वढी रकम विनियोजित भएको छ भने पर्यटकिय ८ वटा सडक निमार्णका लागी रु ८०लाख रकम विनियोजित भएको छ ।
उक्त कार्यालयले महेन्द्रराजमार्गको कोठी नदि देखि धानखोला सम्म ट्याचवर्क (सडक मर्मत ) को साथै
पुलपुलेसा संरक्षणका लागी २ करोड ५० लाख बजेट विनियोजित हुनुको साथै काम पनि तदारुकताका साथ शुरु भएको
कार्यालयले जनाएको छ । यस्तै जिल्लाका विभिन्न स्थानहरमा सडक सगै पुल,निमार्ण कार्यपनि भइरहेको प्रमुख
झाले स्पष्ट पार्नु भयो ।

यसै वर्ष सम्पन्न हुने पुलहरुमा
वाणगगांनदीको लक्ष्मणघाट पुलका लागी यस आर्थिक वर्षमा मा ६०लाख, राजपुर गाविसको घोराईपुल निमार्णका लागी
रु ६०लाख, बाणगगांनदीमा कजवे निमार्णका लागी रु १ करोड ४० लाख रकम विनियोजन भएको छ । यस्तै बैदौली
प्रर्साैया महादैयामा पुल निमार्णका लागी रु ६०लाख ,कन्चनियाअल्गी हथौसा सडकमा पुल निमार्णका लागी रु
२०लाख ,सोनवा जितपुर गगडवा सडकमा पुल निमार्णका लागी रु२०लाख र डुमरा अरौराकोट सडकको जमुवारपुल
निमार्णका लागी रु ५०लाख रकम विनियोजन भएको छ ।

उक्त पुल
निमार्णका लागी प्रत्येक आयोजनामा पहिले रु २०लाख रकम विनियोजित भएकोमा सरकारले हालै रकमान्तर गर्दै
अन्य आयोजनावाट ३ वटा आयोजनालाई ४०÷४०लाख कजवे निमार्णका लागी १करोड २०लाख र डुमरा अरौराकोड सडकमा पुल
निमार्णमा ३० लाख गरी थप रकम पठाएको डिभिजन प्रमुख झाले वताउनु भयो । ति सबै आयोजना यसै आर्थिक बर्ष
०७२।०७३को असार मसान्त सम्ममा सम्पन्न हुने बताइएको छ ।

यस्तै
सडक डिभिजन कार्यालय शिवपुरले यति धेरै आयोजनाहरु एकै साथ संचालन गरेको र बिगत २० वर्ष यता धेरै काम
शुरु गरेको झाले दाबी गर्नु भयो । सडक डिभिजनले कपिलवस्तु साथै अर्घाखाची जिल्लामा पनि विभिन्न आयोजना
शूरु भएको र विभिन्न घुम्टीहरुमा सडक फराकिलो पार्ने काम भएको झा ले जानाकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक