2026-09-16 08:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

६ वर्षदेखि फरार एक अभियुक्त पक्राउ

कमल बेल्बासे बैशाख २८, कपिलबस्तु । जबरजस्ती करणी अभियोगमा ६ वर्षदेखि फरार
रहेका एक अभियुक्त सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका २ (साविक कृष्णनगर
गाविस १) बस्ने २२ वर्षीय ईरसाद मुसलमान रहेका छन् ।

ईरसादलाई
२०६८ असोज १ गते एक महिलालाई उनी समेतको ४ जनाले जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । कपिलवस्तु
जिल्ला अदालतले उनीहरुविरुद्ध २०७२ फागुन १३ गते ११ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
घटनापछि फरार रहेका अभियुक्त ईरसादलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक भट्टराईले
जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्त ईरसादलाई आवश्यक
कारवाहीका लागि सोमबार नै जिल्ला अदालत तौलिहवामा हाजिर गराएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभएको छ

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नमराज
भट्टराई नेतृत्वको टोलीले अभियुक्तलाई कृष्णनगर नपा ५ पिपलबोट नजिकै लुकीछिपी हिँडिरहेको अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु