2026-07-10 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

अलपत्र अवस्थामा रहेको जलजला बहुमुखीको काम सञ्चालन हुने

2017-01-02

पुस १८, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने आइतबार जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ । 

स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो । 

जलजला बहुमुखी क्याम्पसको आफ्नो स्वामित्वमा कुनै भवन नभएको अवस्थामा २०६७ साल भदौ ५ गते भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको प्राविधिक सहयोगमा भवन निर्माणका लागि निर्माण कम्पनी दिवा निर्माण/ड्रागन विल्डर्स जेभी ललितपुर काडमाडौँसँग त्रिपक्षीय सम्झौता भएको थियो । 

यसरी सम्झौता भएको मितिले १८ महिनामा भवन निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि काम सम्पन्न हुन नसकेपछि जिविस रोल्पाद्वारा करिब छ महिना म्याद थप गरिएकोमा हालसम्म पनि क्याम्पस भवन हस्तान्तरण हुन सकेको छैन । 

जिविस रोल्पाका अनुसार रु चार करोड ४४ लाख ९३ हजार ७९ पैसाको लागतका लागि सम्झौता भएकोमा निर्माण कम्पनीले काम सम्पन्न गरेको चार वटा रनिङ बिलको आधारमा रु तीन करोड २९ लाख ५३ हजार ३५९ भुक्तानी लिइसकेको छ करिब रु एक करोड १५ लाख ३९ हजार ७२० बराबरको कम सम्पन्न हुन नसकेको अवस्थामा सर्वपक्षीय बैठक बसी काम सम्पन्न गर्नका लागि निर्णय गरेको हो । 

निर्माण व्यवसायीको ढिलासुस्ती र लापर्बाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका प्राचार्य कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी अलपत्र अवस्थामा रहेको भवनमा केही वर्ष पहिलेदेखि विद्यार्थीको दबाबका कारण कक्षा सञ्चालन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु