2026-07-10 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा पिकनिक गएको विद्यार्थीको बस दुर्घटना हुँदा २ को मृत्यु, ५० घाइते

2017-01-02

पुस १८, सर्लाही । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी पिकिनिक गएको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।  यस्तै दुघटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

हेटौंडाको सहीद स्मारकबाट पिकनिक खाएर घर फर्कदै गरेको ना३ख ७६६८ नम्बरको रिजर्ब बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलामा आइतबार राति दुर्घटना भएको छ ।

सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यू र सोही ठाउँ वडा ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । मृतकको शव वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा पठाएको छ । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ वर्षको अवसरमा ‘पिकनिक’ गएका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु