पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिम"/>
2026-09-20 03:52 AM
पर्बत - PBT

मुस्ताङमा हिमपातसँगै पर्वतमा चिसो

पर्वत पौष  १८ गते ।       हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिमपात शुरु भएको  छ । वदलिँदो मौसम संगै जोमसोममा हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका छन् । मुस्ताङमा आइतबार दुई बजेदेखि हिमपात भएको हो । लगातार चार घण्टा जति हिमपात भएको थियो ।

मुस्ताङमा जुन अनुपातमा हिउँ पर्नु पर्ने हो सो अनुपात अनुसार हिउँ नपरेपनि विगत दुई वर्षको तुलनामा यस पटक राम्रो हिउँ परेको बताइएको । हल्का फुल्का हिउँ गत हप्ता      परेको भएतापनि यो हिउँद याम सुरु भएसंगै मुस्ताङको सबै क्षेत्रमा हिउँ परेको पहिलो पटक हो ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,झोङ, छुसाङ, घमि, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासंग सिमा जोडिएको लेते गाविसमा समेत विहान देखि लगातार हिमपात    भइरहेको छ । अहिले सम्म ३ इन्च जति हिउँ जमेको छ । हिमपातबाट उत्तरी मुस्ताङ्ग देखि सबै जिल्लाको जनजीवन नराम्रो संग प्रभावित भएको छ । 

प्रायः जसो फुर्सा रहने यहाँका डाँडाँ पाखा पखेरा पनि यति बेला सेताम्मे देखिएका छन् । मुस्ताङमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि हिउँ परेपछि खुःसी भएका छन् । अहिले हिउँ खेल्ने र फोटो खिच्नेहरु पनि उत्तिकै मात्रामा छन् । मुस्ताङ भ्रमणमा       रहेका फोटो पत्रकार आरके अदिप्त गिरीले जानकारी दिए ।

मुस्ताङ्गेहरु चिसोका कारण घरभित्र हुनुले सुनसान जस्तै देखिन्छ , मुस्ताङ्गको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ पुगेका तीर्थालु र पर्यटकहरु समस्यामा परेको उनले बताए ।       मुक्तिनाथ, दामोदर कुण्ड र मुस्ताङ हुदै मनाङको तिलिचो ताल पुग्ने तिर्थयात्री तथा पर्यटकहरु आधा बाटोबाटै फक्रिएका छन् । उनले भने ।   दिउँसो केहि समयको बर्षापछि हिउँ पर्न शुरु भएको     थियो । 

जिल्लाको दक्षिण भेग कोवाङमा गत साता देखि शुरु भएको आदीबासी जनजाती थकालीको महान् पर्व ल्ह्फेव पर्वमा सहभागीता जनाउन १२ बर्षपछि मुस्ताङ्गे थकाली बंशहरुमा हिउँबर्षाले हर्षउल्लास ल्याएको छ । लामो समयपछि परेको हिउँलाई हामीले आशिषका रुपमा लिएका छौं कोवाङका स्थानीय बशन्त शेरचनले बताए ।

थाक पाँच गाउँ उद्धार समितिका आश बहादुर थकालीले  हिउँ परेपछि कृषक हर्षित भएको बताएका छन् । उनले हिउँ परेसँगै बालबालिका, बृद्धा तथा पशुचौपायाँहरुलाई चरिचरनमा समस्या परेको बताए ।

मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेले मुस्ताङमा भारी हिमपात परेको तर कुनै पनि समस्या नभएको बताए । उनले जिल्लामा आएका पर्यटकहरु समस्या परेको भन्ने कुनै पनि जानकारी प्राप्त नभएको बताए । आवश्यक पर्दा उद्दारका लागि सबै निकाय तयार अबस्थामा रहेको पनि जानकारी दिए ।

मनाङको सदरमुकाम चामेसहित तिमाङ भन्दा माथिका क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भएको स्थानीय मीनकाशी गुरुङले जानकारी दिइन । उनका अनुसार मनाङमा पनि भारी हिमपात भैरहेको छ ।

एक्कासी चिसो बढेसंगै भएको हिमपातपछि आवतजावतमा समस्या भएता पनि खासै उनका अनुसार जोमसोममा विस्तारै बाख्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घर भित्र बसेका छन् ।

यसैविच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको      छ ।

त्यस्तै पर्वतका उच्च पहाडी भेगमा समेत हिउँ परेको छ । हिउँ परेसँगै चिसो पनि बढेको छ । सोमबार पर्वतको मौसम दिनभर अन्धारमय र केहि समय पानी समेत परेको थियो । मनाङ, मुस्ताङ, गोर्खा लगायतका क्षेत्रमा हिउँपरेसँगै देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ । हिमपातका कारण मनाङ र मुस्ताङ पुगेका र पुग्न चाहने पर्यटकहरुले यात्रा रोकेका छन् ।हिमपात भएपछि यहाँका कृषक हर्षित देखिएका छन् । मुस्ताङमा उत्पादन हुने कृषि उपज हिउँ संग सम्बन्धीत रहने गर्छन् । हिउँद याममा राम्रो संग हिमपात भए कृषि उत्पादन पनि राम्रो हुने यहाँका कृषकहरु बताउँछन् ।

विगत दुई वर्षसम्म      राम्रो संग हिउँ नपर्दा यहाँ उत्पादन हुने स्याउँको मात्रामा पनि कमि आएको थियो । हिउँदको समयमा राम्रो संग हिउँ परेमा स्याउको बोटमा लाग्ने किरा नियन्त्रण भई उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

हिँमपात भएपछि चिसोको मात्रा पनि ह्वात्तै बढेको छ । यहाँका स्थानिय तथा पर्यटकहरु जाडो छल्नको लागि आगो, हिटर ताप्ने गरेका छन् । जाडो समयमा यहाँ विद्युत खपतको मात्रा पनि बढने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो