नन्दराम जैशी/पुस २०, जुम्ला ।  जुम्ला जिल्ला स्थित गैर सरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई एकद्धारा प्रणालीबाट संचालन गर्न जिल्लामा एनजियो डेक्स स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/पुस २०, जुम्ला ।  जुम्ला जिल्ला स्थित गैर सरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई एकद्धारा प्रणालीबाट संचालन गर्न जिल्लामा एनजियो डेक्स स्थ"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गैससका कार्यक्रम एकद्धार प्रणालीबाट संचालन गर्न एनजियो डेक्स स्थापना हुने

२०७३, २० पुष बुधबार ०५:१९


नन्दराम जैशी/पुस २०, जुम्ला ।  जुम्ला जिल्ला स्थित गैर सरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई एकद्धारा प्रणालीबाट संचालन गर्न जिल्लामा एनजियो डेक्स स्थापना गरिने भएको छ । 

स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेको अध्यक्ष्तामा मंगलबार बसेको जिल्ला स्थीत सक्रिय रुपमा काम गरीरहेका गैर सरकारी संस्थाहरुको समन्वय बैठकले जिल्लामा एनजियो डेक्स स्थापना गर्ने निर्णय गरेको हो । २३ औँ जिल्ला परिषदबाट अनुमोदन भएको एनजियो डेक्सले बल्ल गति पाउने भएको छ ।   

जिल्ला विकास समिति जुम्लासँग विकास साझेदारको भूमिका निर्वाह गरि रहेका गैर सरकारी संस्थाहरुका कामलाई एकद्धार प्रणालीबाट संचालन गर्नको लागि एनजियो डेक्स स्थापना तयारी गरिएको हो । 

एनजियो डेक्सको कार्यालय जिल्ला विकास समिति जुम्लामा स्थापना हुुने भएको छ । गरिबी निवारण कोष कार्यक्रम जुम्लाका कार्य प्रबन्धक राजेश गौतम र कम्प्युटर अपरेटर हर्षवहादुर शाहीलाई एनजियो डेक्समा काम गर्नको लागि जिम्मेवारी दिईएको छ । जिल्लामा कार्यरत र स्थापना भएका एनजिओ, आइएनजिओ बिवरण अध्यावधिक गर्ने कार्यको जिम्मा उहाँहरुलाइ दिइएको हो ।

जिल्लाका सबै एनजिओ, आइएनजिओलाइ अफ्नो बिवरण अबको एक हप्ता भित्र पेश गर्न निर्देशन दिइएको छ । बिवरण अध्यावधिक कार्य सम्पन्न भएपछि माघको पहिलो साता भित्र समन्वय समितिको बैठक बसि जुम्लामा एनजिओ डेस्क स्थापना गरीने भएको हो । 

एनजिओ डेस्क स्थापनाको संयोजन गर्ने जिम्मा सिडिपि जुम्लालाइ दिइएको छ, भने डेस्क स्थापनाका लागि जिविसलाइ जिल्लाका सबै एनजिओ, आइएनजिओले सहयोग गर्न अनुरोध गरीएको छ । जिल्लामा कार्यरत र स्थापना भएका सबै एनजिओ, आइएनजिओ उदेश्य एउटै रहेको भन्दै डेक्स स्थापना गर्नुपर्नेमा सबै सहमत भएका हुन् ।


 डेक्स स्थापना भएपछि सबै एनजिओ, आइएनजिओले गरेका काम र प्राप्त उपलब्धीका बिषयमा जिल्ला विकास समिति जुम्लाको ओइवसाइटमा अपडेट गरीने भएको छ । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले भन्नुभयो, जिल्लामा एनजिओ, आइएनजिओले कँहा के कसरी काम गरीरहेका छन् र उपलब्धी के के भए तथा कुन कुन क्षेत्रमा कार्यक्रम संचालित छन् भन्ने बिषयमा सबैलाइ जानकारी नभएकाले सबैले थाँहा पाउने गरी उनिहरुका गतिविधि ओइवसाइटमा अपडेट गर्नेछौ । एनजिओ, आइएनजिओको सबै गतिविधि ओइवसाइटमा अपडेट भएपछि सबैले सजिलै र सरल रुपमा जतिखेर पनि जानकारी लिन सक्नेछन् उहाले बताउनुभयो ।

 जिल्लाका दल र निकायलाइ आफ्नो कामका बिषयमा जानकारी दिनुका साथै जनतालाइ विस्वास दिलाउने कार्य गर्न स्थानिय विकास अधिकारी बेल्वासेले एनजिओ, आइएनजिओलाइ सुझाब दिनुभएको छ । बैठकमा सहभागि एनजिओ, आइएनजिओका प्रमुख एंव प्रतिनिधिले जिविसमा बुझाएका आफ्ना रिपोर्ट हराउने र खोजेको समयमा नभेटिने गरेको बताएका छन् । 

जिविसमा एनजिओ, आइएनजिओका रिपोर्टहरु राम्रोसँग अभिलेख नभएको उनिहरुले गुनासो गरेका छन् । जिल्लाका सरकारी कार्यालयहरुको समेत जिविसमा नियमित रिपोर्ट तथा अभिलेख नभएको दावि गर्दै आफुहरुलाइ मात्र दोस नदिन जुम्लाका एनजिओ, आइएनजिओकर्मिहरुले अनुरोध गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ