धनकुटामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

kit
kit
1 Min Read

पुस २०, धनकुटा । धनकुटाको चानुवामा रुखले किचेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

दाउराका लागि उत्तीसको रुख ढाल्ने क्रममा किच्दा चानुवा–७ की ३६ वर्षीय कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोरा मिलेर रुख काट्ने क्रममा श्रेष्ठलाई रुख ढलेर थिचेको थियो । रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको चानुवा प्रहरी चौकी प्रहरी सहायक निरीक्षक जुलुमकुमार चौधरीले बताउनुभयो ।

यसैबीच छिन्ताङमा सोमबार राति भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बाँस बिक्री गरेर फर्कने क्रममा छिन्ता–८ त्रिवेणीस्थित भिरबाट लडेर भोजपुर हसनपुर–२ का १९ वर्षीय अमृत राईको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply