पुस २०, पोखरा । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, पोखरा । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाध"/>
2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देख्नेले पनि दृष्टिविहीनको अनुभूति गरेपछि…

पुस २०, पोखरा । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

विश्व ‘ब्रेल दिवस तथा २०८ औँ लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन् ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको अँध्यारो यात्रा चिप्लेढुङ्गस्थित बीपी चोक परिक्रमा गरेर पुनः सोही चोकमा आइपुग्न लगभग एक घन्टा लागेको थियो भने यात्राका सहभागीले निक्कै अप्ठेरो अनुभूति गरेको दृश्य देखिन्थ्यो ।

सडकमा देखिने सेतो छडी बोकेका दृष्टिविहीनको व्यथालाई आँखा देख्नेको अन्तरआत्माबाट बुभ्mन र सहयोगी भावनाको विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक सुष्मा पौडेलले बताइन् ।

उनका अनुसार पोखराका सडक, सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका साधनलगायतका विभिन्न भौतिक संरचना र व्यवहारसमेत अपाङ्गमैत्री हुननसक्दा समाजका शारीरिक एवम् मानसिक अपाङ्गले कष्टकर जीवन जीउन बाध्य छन् ।

कार्यक्रमका सहभागीले एक हजार रुपैयाँ सहयोग गरेपछि सेतो छडी र आँखा छोप्नेपट्टी प्राप्त गर्ने व्यवस्था गरिएको बताउँदै उनी भन्छिन्–“ कार्यक्रमबाट बचेको ६२ हजार रुपैयाँ नेत्रहीन सङ्घ कास्कीलाई अक्षयकोष स्थापना गर्नका लागि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।”

सरकारी कार्यालयमा आउँदा दृष्टिविहीनको भोगाई कस्तो हुन्छ भन्ने आफूले पहिलो पटक अनुभूति गर्ने मौका पाएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए।

“प्रत्येक सरकारी कार्यालयका कर्मचारीलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,” उनले भने ।

सोही कार्यक्रममा कास्की जिल्लाबाट पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने दृष्टिविहीन विद्यार्थी विष्णुमाया विकलाई सम्मान गरिएको थियो । उनलाई पाँच हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । 

दृष्टिविहीनको वास्तविकतालाई समाजमा छर्लङ्ग पार्ने सन्देशमूलक कार्यक्रमलाई मुलुक र संसद समक्ष पु¥याउन पहल गरिने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर खनालले बताए।

फ्रान्सका लुइब्रेलले प्रतिपादन गरेको ब्रेनलिपी विश्वका दृष्टिविहीनको एउटै भाषा बनेको भए पनि नेपालमा एकदशक अगाडि मात्र भित्रिएको दृष्टिविहीन श्रीकान्त सापकोटाको भनाइ छ ।

नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सोही कार्यक्रममा बर–पिपल प्लास्टिक स्टोर्सका सञ्चालक हरिप्रसाद सिलवालले सङ्घलाई १० हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका थिए।

विश्व ब्रेन दिवसको अवसरमा नेत्रविहीन सङ्घ कास्कीद्वारा आयोजित दृष्टिविहीन अन्तर्गत भएको निबन्ध प्रतियोगितामा अमरसिंह उच्च माविका अञ्जन बस्ताकोटी र सङ्गीता कुँवर तथा जनप्रकाश उच्च माविका सुष्मा तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई