२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि तीन दाजुभाइ कष्टकर जीवन बिताउन बाध्य

२०७३, २० पुष बुधबार १०:४०

कविता उपाध्याय, पुस २०, रोल्पा । बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् । 

छोराछोरी श्रीमती र वृद्ध आमाबाबुको सपना साकार पार्ने लक्ष्य बोकेर वैदेशिक रोजगारीका लागि कतार पुगेका धबाङ–८ रोल्पाका २६ वर्षीय लुकबहादुर वलीको केहीवर्ष पहिले बिजुलीमा काम गर्ने क्रममा करेन्ट लागेर कतारमै मृत्युभएको थियो । 

यसरी श्रीमान्को मृत्युभएपछि दूधे बालकसहित तीन नाबालकलाई वृद्ध सासुससुराको भरमा घरमै छोडेर उहाँकी श्रीमती मिझिङ रोल्पामा दोस्रो विवाह गरेर गएपछि तीन नाबालक कष्टकर जीवन जीउन बाध्य भएका हुन् । 

बाबुआमा दुबैले छोडेपछि जेठो १२ वर्षीय केशव वली, माइलो १० वर्षीय केशबीन वली र कान्छो सात वर्षीय लेशन वली हाल ७५ वर्षीय बाजे रुपलाल वली र अशक्त एवम् अपाङ्ग भएकी ६० वर्षीय बज्यैको सहारामा धबाङस्थित घरमा बस्दै आएका छन् । 

“साँझ बिहान घरको काम गर्छाँ । दिउँसो स्कुल जान्छाँैं । आमा बा भए पो काम नगरे पनि पुग्थ्यो । बाजेबज्यै बूढो भइसक्नुभयो । बज्यँैको एउटा हात र एउटा गोडा लाग्दैन । काका पनि कामको खोजीमा घर बाहिर हुनुहुन्छ काकी हामीसँग घरमै बस्नुहुन्छ हामीले काम नगरे कस्ले गर्छ रु” माइला केशबीन वलीले भने । पढेर गाउँकै विद्ययालयमा शिक्षक बन्ने सोंच राखेका आठ वर्षीय वलीले दाइलाई भन्दा सानो भाइलाई बढी माया गर्ने बताए । 

चिसोका कारण चरचरी फुटेका हातगोडा, मैलो कपडा, पछाडितिर कपाल बाहिरै निस्कने गरी फाटेको टोपी अनि पिठ््यूमा आफूभन्दा ठूलो डोकोमा सुन्तला डुलाउँदै गाउँले आफन्तको साथमा खुट्टामा धुलाम्य चप्पल पट्काउँदै उनी करिब दुई घन्टा लामो पँैदल यात्रा गरेर मङ्गलबार लिबाङ आइपुगेका थिए । 

कुनै बेला थियो । बाबु वैदेशिक रोजगारीमा र आमा घरमा हुँदा केशव र केशबीन सदरमुकामकै होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङ रोल्पामा क्रमशः एलकेजी र युकेजीमा अध्ययनरत रहेको तत्कालीन विद्यालयका प्रिन्सिपल ओम केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ती बालकले दुर्भाग्य बस बाबु गुमाएको भए पनि आमाले साथ दिएको भए अवसरबाट वञ्चित हुने थिएनन् । पढाइमा दुबै बालक निकै उत्कृष्ट थिए सानो दूध खाँदै थियो उहाँले विगतका दिनको स्मरण गर्दै भन्नुभयो । 

“आमाले दोस्रो बिहे गरेपछि बाजेबज्यैले गाउँकै विद्यालयमा भर्ना गर्नका लागि दुबै नातीलाई यहाँबाट लैजानुभएको हो । तर यिनीहरु गाउँ फर्किसकेपछि हरेक अवसरबाट बञ्चितमा परेका छन् । प्रिन्सिपल केसीले भन्नुभयो ।” शैक्षिक क्षेत्रको विकासका लागि कसैको साथ र सहयोग पाएमा यी बालक भविष्यका कर्णधार बन्नसक्ने उहाँको बुझाइ छ । 

गाउँमा उब्जनी नहुने पाटा भए पनि बाबुको मृत्युपछि बिमाबापत पाएको रकमले लिबाङमा परिवारले घर किनेको थियो । ती बालकको लिबाङको घरमा बसेर लिबाङकै घरमा पढ्न थालेका थिए । आमाले दोस्रो विवाह गरेर हिँडेपछि बालकको भविष्य थप अन्र्यौलमा पर्दैगएको जानकार बताउँछन् । 

‘बा भन्ने साइनो नै नबुझेका वलीलाई आमाको भने कहिलेकाहीँ झल्को लाग्छ रे । अरुबेला भन्दा दसँै तिहारमा सबैका बाआमासँगै हुँदा आफ्नो बा आमा नहुँदा रुन मन लाग्छ वलीले भने ।’ 

वली परिवारका एकजना आफन्तले उहाँको नाम उल्लेख नगर्ने सर्तमा ती बालकले निकै दुःख कष्टका साथ जीवन गुजार्दै आएको बताउनुभयो । बा आमा छैनन् बाजेबज्यै बुढा छन् ,यिनको भविष्यका बारेमा तपाई आफँै सोच्नुस् न । यिनको के हाल छ भन्ने कुरा रु 

उहाँका अनुसार हाल ती बालक गाउँकै श्री जनता आधारभूत विद्यालयमा रोल्पामा क्रमशः कक्षा ३, कक्षा ५ र कक्षा ६ कक्षामा अध्ययनरत छन् । तैपनि उनीहरु नियमित रुपमा विद्यालय जाँदैनन् । गए पनि समयमा पुगेका हुँदैनन् । उनीहको साथमा कहिले कापी हुँदैन, कहिले कलम, हुँदैन कहिले गृहकार्य गरेका हुँदैनन् । यी अवोध बालकले सानो उमेरमा अभिभावक गुमाउँदा हरेक कुराबाट वञ्चित हुँदै आएका छन् । 

यी तीन बालक जिल्लाका प्रतिनिधि पात्रमात्र हुन् । जिल्ला बालकल्याण समिति रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा बाबुआमा दुबै नभएका वा पारिवारिक संरक्षण विहीन अवस्थामा रहेका बालबालिका– १८८ जना रहेका छन् । 

यस विषयमा नेपाल पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी रोल्पाली युवा कनै किसिमको सीप र क्षमताबिना नै उच्च जोखिम मोलेर वैदेशिक रोजगारीमा पसिना चुहाउन जाने गरेको बताउँनुहुन्छ । 

साथीभाइको लहलहैमा कामको खोजीमा विदेसिएका युवा सानो कमाइको आशामा जीवन बर्बाद भइराखेको छ । उनीहरुको जीवनको कुनै ग्यारेन्टी नै छैन । गरिबीको रेखा मेटाउन विदेश पुगेका परिवारका सदस्य नै विक्षिप्त मन बोकेरे बाँच्नु पर्दा परिवारको समेत अवस्था अझ पीडादायी बन्ने गरेको छ । 

साथै यसरी अभिभावक गुमाउँदा जिल्लाका ठूलो सङ्ख्याका बालबालिका यसको प्रत्यक्ष मारमापर्ने गरेका छन् । यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका चार बालक गरी १० जना, आफन्तको संरक्षणमा रहेका ८९ बालिका ८७ बालक गरी १७६ जना र कपिलबस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जना गरी कुल १८८ जना बालबालिका संरक्षण बिहीन अवस्थामा रहेको जिल्ला बालकल्याण समिति रोल्पाका बालअधिकार अधिकृत गोर्णप्रसाद पुनले जानकारी दिनुभयो । 

केन्द्रीय तथ्याङ्क विभाग काठमाडौँको २०११ को तथ्याङ्कअनुसार जिल्लामा कुल बालबालिकाको सङ्ख्या एक लाख १७ हजार ६७७ जना रहेको छ । जन्मदेखि चारवर्ष सम्मका २८ हजार ५३७ जना, ५ देखि ९ वर्ष उमेर समूहका ३१ हजार ९९६ जना, १० देखि १४ वर्ष उमेर समूहका ३२ हजार ९४० जना र १५ देखि १९ वर्ष उमेर समूहका २४ हजार २०४ जना बालबालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ