Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासी सदरमुकाम परासी बजार अस्तव्यस्त

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, नवलपरासी ।  रामग्राम नगरपालिकाको मौनताले परासी बजार अस्त व्यस्त बनेको छ ।

परासी बजारको गल्ली गल्ली चोकचोकमा निर्माण सामाग्री, ठेल्ला तथा अव्यस्थित पार्किङ्गले बजार अस्तव्यस्त बनेको छ । जिल्लाको सदरमुकाम परासी स्थित सबैभन्दा पुरानो नगरपालिका रामग्राम हो जुन भौतिक पुर्वाधार र व्यवस्थापनले अझैपनि अरु नगरपालिका भन्दा पछडिएको पाईएछ ।

नगरको साँगुरो बाटोमा टंकी पसल, ठेल्ला, गिट्टीबालुवा, ढुङ्गा र सवारी साधन पाकिङ्गले नगर धुल्लामे भएसंगै अस्त व्यस्त बनेको नगरबासीले गुनासो गरे । बजारको मुख्य चोकमा फुतापते पसल, ठेल्ला र सवारी साधनहरुको लथालिङ्ग पाकिङ्गले झनै बजारको सोभा घटेको छ । बजारमा पार्किको कुनै व्यस्थापन छैन । नगरमा विभिन्न उद्योग कलकारखाको धुँवा एवं भत्किएको बाटो नगर धुलाम्मे संगै झनै वातावरण प्रदुषित हुदै गएको छ तर रामग्राम नगरपालिका र प्रहरी प्रशासनलाई कुनै वास्त छैन ।

सदरमुकमामा बस पार्क छैन । ठुला तथा साना सवारी साधनहरु मनपरि बाटोमै पार्किङ्ग हुन्छ तर ट्राफिक प्रहरी मुखदर्शक बनि हेरि रहन्छ केहि भन्दैन, दिनदहाडै बाटोमा बाख्रा चौपाया हिडछन् कसैलाई मतलब छैन, जमिनमुनी पानीको पाईप मर्मत गर्त जताततै सडक खनिदै गाछ तर कोई पुनः सडक मर्मत गर्ने छैन, बजार धुँवाधुलोले प्रदुषित हुदै गाछ तर नगरपालिका र प्रशासनलाई यस प्रति कुनै चाँसो नभएको एक श्रोतले गुनासो गरे । कम क्षमतावान सडकमा ठुला ठुला ओभरलोडेड सवारी साधनहरुको गुडाईले पनि सडकहरु भत्किदै गएछ । ट्राफिक प्रहरी दिनभरि हाईवेमा जरिवाना काटदै पैसा असुल्दै ठिक्क छ । तर अव्यथित पाकिङ्र्ग, र ओभर लोडेड सवारी साधन लाई कुनै रोकछेक छैन ।

अव्यस्थित नगरलाई व्यस्थित बनाउन नगरपालिका एक कार्यदल गठन गर्ने जनाएको छ । उक्त कार्यदलले पार्किङ्ग व्यवस्थापन गर्ने र बाटोका टंकी, ठेल्ला, फुतपाते पसल समेत  फाल्ने जनाएको छ । जतिपकट भन्ने, नगरबासी अटेरी गर्छन, अब कसैको नसुनी कडा रुपमा प्रस्तुत हुने नगरपालिकाले संचारमाध्यमलाई संकेत दिएको छ ।

त्यसैबिच परासी महेसपुर सडकमा ढुंगा, गिट्टीबालुवा, परालभुस ,पसल टंकीहरुले सडक साँगुरो हुदै गएको छ । बाटोको छेउछाउमा स्थानियहरुले ढुंगा, गिट्टीबालुवा, परालभुस, पसल टंकीहरुले थाप्दै गएपछि बाटो साँगुरो भएको हो । बाटो साँगुरो भएपछि सवारी साधन गुडाउन निकै समस्या भएको सवारी चालकहरुले बताए । बाटो साँगुरिदै गएपछि सवारी दुर्घटनामा पर्ने सम्भावना बढदै गएछ यस प्रति प्रहरी प्रशासन तथा सडक डिभिजनलाई कुनै मतलब नरहेको चालकहरुले आरोप लगाए ।