पुस २२, नवलपरासी । कठहवाँ मुसहर बस्ती नवलपरासी जिल्लाकै गरिब बस्तीको रुपमा लिईन्छ । 

मुसहर बस्ती जिल्लाको सिमावर्ति क्षेत्र गुठी पर्सौनी गावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, नवलपरासी । कठहवाँ मुसहर बस्ती नवलपरासी जिल्लाकै गरिब बस्तीको रुपमा लिईन्छ । 

मुसहर बस्ती जिल्लाको सिमावर्ति क्षेत्र गुठी पर्सौनी गावि"/>

2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीकै गरिब मुहरबस्तीः जसलाई भाजाउँदै कुम्ल्याउछ्न करोडौँ रकम एनजीओ,आईएन्जीओ


पुस २२, नवलपरासी । कठहवाँ मुसहर बस्ती नवलपरासी जिल्लाकै गरिब बस्तीको रुपमा लिईन्छ । 

मुसहर बस्ती जिल्लाको सिमावर्ति क्षेत्र गुठी पर्सौनी गाविसको वडा नं. ३ कठहवाँ मा अवस्थित छ । मुसहर बस्ती भारतको उत्तर प्रदेश सिमा झुल्नीपुरबाट करिब ५ सय मिटरको दुरीमा छ भने सदरमुकाम परासीबाट करिब ४० किलोमिटर दक्षिण र पुर्वको कुनामा पर्छ ।  अतिविपन्न परिवार मुसहर बस्तीमा कुल ४५ घरधुरी संख्या छ । आर्थिक, सामाजिक, शिक्षाले एकदमै पछाडी परेका ति समुदायहरु ज्याला मजदुरी गरि दिनचर्या चलाउदै आएका छन् । 

यसै त जिल्लामा दर्जन भन्दा बढि एन.जी ओ तथा आई एन जि.ओहरु छन् जसले गरिबी निवारण, जिवीको पार्जन, आर्थिक उपार्जन, पोषण सुधार, शैक्षिक चेतना, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र शिपमुलक तालिम जस्ता दर्जनांै कार्यक्रम गदै आएछन् तर हाल कुनैपनि एनजिओ तथा आईएन्जीको कार्यक्रमले त्यो मुसहर बस्तीलाई छोएको छैन । त्यति मात्र होईन स्थानिय निकाय गाविस र विभिन्न सम्बन्धित सरकारी नियकाहरु समेतले पनि त्यो बस्तीलाई आफनो कार्यक्रमबाट छुटाउदै आएको स्थानिय छेदी मुसहरले दुखेसो पोखे । 

एकातिर सरकार र यसका श्रोतव्यक्तिहरुले मुसहर बस्तीलाई हेला गरेछन् भने उता गरिब विपन्नको नाममा विदेशी डोनरलाई भ्रम पारी करोडौँको बजेट चलखेल गर्ने एनजीओ,आईन्जीओहरुले स्थलगत कार्यक्रम गर्नु भन्दा कागजी रिपोर्टमा बढि ध्यान दिदै आएको एक श्रोतले बतायो । श्रोतका अनुसार जिल्लामा गरिब विपन्नको नाममा करोडौँ रुपैँया सखाप भैसक्यो तर गरिबको जिवस्तर उस्तै भएको पाइएको छ । १० रुपैँया लगानी गरि १० हजारको फिड ब्याक लिन खोज्ने गैर सरकारी संस्थाहरु, संस्थाको गुनगान गाउने निश्चित व्यक्ति माथि मात्र लगानी गर्ने र विभिन्न कामहरु डुप्लिकेश गरि पनि बजेट भ्यादै जाने श्रोतको आरोप छ । 

खोई सरकार खोई, एनजीओ, आईन्जीओहरु? जुन हामी गरिबको नाममा डोनर भित्राउने र खर्च अन्त गर्ने, मुसहर समुदायले प्रश्न गरे । हामीलाई सरकारले वेवास्त गरेकै छ । सम्बन्धित सरकारी नियकाहरुले पनि हेर्दैनन् जसमा गुठीपर्साैनी गाविसले त झनै हामीलाई मतलब राख्दैन स्थानिय रामजति मसुहरले गुनासो गरे । रामजितले भने, एनजीओ र आईएन्जीओहरु त बजेट निकाल्दासम्म डाटा कलेक्सन गर्ने र अनावश्यक आश्वासन गर्ने गर्छन बजेट निस्किसकेपछि खै कता हराउँछन् भेटिदैनन् ?उनको प्रश्न हो । 

सबैले आवश्वासन मात्र दिए काम कसैले पनि गरेन् । यसै गाविसका दुई वटा दिग्गज नेता पनि छन् जुन एउटा ४ वर्ष लागातार सभाषद र मन्त्री हुदै अहिल वर्तमान तमलोपाको केन्द्रिय बरिष्ठ उपाध्यक्ष पदमा छन्, ह्दृश त्रिपाठी अअर्को नेपाली कांग्रेसका नेता बर्तमान सांसद देवकरण कलवार (सन्तु) हुन् तर कसैले पनिे हामी गरिबलाई मद्दत गर्न खोजेनन् यस्तो मुसहर समुदायको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो