लालमटिया गाविसको २० औँ गाउँ परिषद् सम्पन्न, कुल बजेट ३ करोड बढी

सन्तोषकुमार गुप्ता, देउखुरी २४ पुस, Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लालमटिया गाविसको २० औँ गाउँ परिषद् सम्पन्न, कुल बजेट ३ करोड बढी

सन्तोषकुमार गुप्ता, देउखुरी २४ पुस,

२०८३, ८ बैशाख मंगलवार
दाङ्ग - DNG

गाउँ परिषदमा माईक नेता र टाठाबाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन्

२०७३, २४ पुष आईतवार १०:०८

लालमटिया गाविसको २० औँ गाउँ परिषद् सम्पन्न, कुल बजेट ३ करोड बढी

सन्तोषकुमार गुप्ता, देउखुरी २४ पुस, लालमटिया गाउँ विकास समितीको अगामी आर्थिक बर्ष २०७४÷०७५ को बजेट विनियोजनका लागि आईतबार गाविस भवन देउखुरीको मसुरियामा भएको २० औँ गाउँ परिषदमा स्थानिय नागरिकहरुले आफ्ना गुनासा राख्न नपाएकोमा दुख व्यक्त गरेका छन् ।

गाउँ परिषद् उद्घाटन कार्यक्रममा नेता र टाठाबाठाहरुले मात्र बोल्ने कार्यक्रमको सेडुलप्रति उनीहरुले असन्तुस्ष्ट समेत पोखे । परिषद्को उद्घाटन पूर्व शनिबार गाविस भवनमा एकिकृत योजना तर्जुमा गोष्ठीले गाविस स्तरमा क्रियाशिल विभिन्न सञ्जाल, संघसंस्थाहरुबाट प्रतिनिधित्व हुने गरी बोल्ने दिने कार्यक्रम प्रति उनीहरुले असन्तुष्ट व्यक्त गरेका हुन् । लोकतन्त्रमा सबै नागरिकले समान रुपमा विचार राख्न पाउने अधिकार छ, तर हाम्रो गाविसमा हामी जस्ता समान्य नागरिकलाई समय मागेर बोल्न खोज्दा पनि दिएन् यो कस्तो लोकतन्त्र हो लालमटिया—३ का शिवबहादुर एमसीले भने । गाउँ परिषद् जस्तो कार्यक्रममा बोल्ने बक्ताहरुमा समेत सिन्डीकेट लागु भयो यो हाम्रो लागि दुर्भाग्य हो उनले भने । हामीले पठाएको प्रतिनिधिले हाम्रा सबै कुरा बोल्नेन् त्यसैले हामीले पनि बिचार राख्न खोजेका थियौँ तर सञ्चालकले निर्णय उन्लघन गर्न मिल्दैन भन्दै बोल्न दिएनन् एमसीले भने ।

परिषद्मा उनी मात्र होईन् कायौँ नागरिकहरुले उनी जस्तै बिचार राख्न नपाएको भन्दै गुनासो गरे । परिषद् जस्तो कार्यक्रममा टाठाबाँठाहरुलाई माईक हामीलाई भने उनीहरुको भाषण सुनाउन कुनै पार्टीको कार्यक्रम जस्तो गराए यस्तो पनि गाविसको परिषद् हुन्छ उनले प्रतिप्रश्न गरे । त्यस्तै लालमटिया गाविस नगरउन्मुख क्षेत्र भएकोले यस ठाउँमा सञ्चार क्षेत्रको विकासका लागि कार्यक्रम माग गरेका थियौँ तर माग सम्बोधन नभएकोमा आपत्ति समेत प्रकट गरे । उनले वडा नम्बरको वडा भेलामा पत्रकारिता तथा उद्घोषण तालिम र व्यवस्थीत सुचना केन्द्र स्थापनाका लागि माग गरिएको भए पनि माग सम्बोधन नभएकोमा दुख व्यक्त गरे ।

लालमटिया गाविसको गाउँ परिषद्का हामी सञ्चारकर्मीहरु असन्तुष्ट रहेको लालमटिया गाविसमा क्रियाशिल सञ्चारकर्मीहरुले असन्तुष्ट व्यक्त गरेका छन् । राष्ट्रको चौथो अंग पत्रकार र पत्रकारिताको भावना बुझन नसक्ने लालमटिया गाविसका दलहरुको निकम्मा भएको आरोप समेत लगाए । यता इक्वल एक्सेस नेपालले लालमटियामा गठन गरेको रडियो स्रोत समुहबाट गाविसका प्रत्येक वडाहरुमा भएको वडा भेलाबाट सञ्चार क्षेत्रका लागि कार्यक्रम माग गरेका थियौ, तर सञ्चारका लागि एक रुपैयाँ पनि बजेट विनियोजन भएन, यो अत्यन्तै दुखपूर्ण बिषय हो स्टार रेडियो स्रोता समूहका सहर्जकर्ता राजेन्द्र चौधरीले भने । जुन ठाउँमा सञ्चारको विकास हुन्छ त्यो ठाउँको पनि विकास हुन्छ त्यसका लागि सञ्चार क्षेत्रको विकास आवश्यक रहेको चौधरीले बताए ।

गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् दाङ क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको परिषद्ले अगामी आर्थिक बर्ष २०७४÷०७५ का लागि ३ करोड १८ लाख ९९ हजार ५ सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत पुँजीगत अनुदान तर्फ ७७ लाख ५४ हजार ,  सञ्चालन अनुदान तर्फ ५ लाख ४५ हजार, सामाजिक सुरक्षाभत्ता बितरण तर्फ २ करोड ४ लाख, जिविस तथा अन्य योजना तर्फ १० लाख र आन्तरिक स्रोत तर्फको पुँजीगत खर्च १० लाख रकमको बजेट प्रस्तुत गरेको छ ।

जसअनुसार पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि नौँ वटा योजनाका लागि १९ लाख ३१ हजार ४ सय ९३ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० नौँ वटा योजनाहरुका लागि १२ लाख ८७ हजार ६ सय ६२ रुपैयाँ बजेट वनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम ८ वटा कार्यक्रमका लागि ७७ लाख ५७ हजार, बालबालिका लक्षित तर्फ ११ वटा कार्यक्रमका लागि ११ लाख ६३ हजार ५ सय ५०, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ १९ वटा कार्यक्रमका लागि ११ लाख ६३ हजार ५ सय ५०, कृषि लक्षित कार्यक्रम तर्फ १४ वटा कार्यक्रमका लागि ११ लाख ६३ हजार ५ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।  

गाविसले आर्थिक बर्ष २०७३÷०७४ को ३ करोड १२ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको संसोधित आय—व्यय समेत प्रस्तुत गरेको छ । जस अन्र्तगत पुजीगत खर्च तर्फ ७७ लाख ५७, सञ्चालन खर्च नेपाल सरकार मार्फत ५ लाख ४५ हजार, सञ्चालन खर्च आन्तरिक स्रोत मार्फत ११ लाख ९७ हजार ५ सय, जिविस तथा अन्य योजना १० लाख, आन्तरिक स्रोतको पुँजीगत खर्च १० लाख, समाजिक सुरक्षा भत्ता बितरणमा १ करोड ९८ लाख रहेको प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   त्यसैगरी जसअन्र्तगत अधुरो योजना तथा कार्यक्रम भौतिक पूर्वधार निर्माण तथा मर्मतका लागि ३६ वटा योजनाका लागि ३० लाख ५१ हजार ३ सय ३० रुपैयाँ बजेट वनियोजन गरेको छ । त्यस्तै गाविसले आर्थिक बर्ष २०७२÷०७३ का लागि १ करोड ८२ लाख ५२ हजार बराबरको संसोधित आयव्यव समेत प्रस्तुत गरेको छ । 

गाविस बोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकीका प्रमुख झबिलाल कडेलको स्वागत मन्तव्यबाट शुरु भएको गाउँ परिषद् उद्घाटन समारोहलाई नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, नेकपा माओवादी केन्द्रका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राप्रपाका अलिमोहम्मद मियाँ, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी, नेपाल कम्युनिष्ट पार्टीका छविलाल सुनार र संघीय समाजबादी फोरम नेपालका अमृत नेपालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा लालमटिया गाविसका पूर्व अध्यक्ष दोर्ण भुसाल, स्थानिय समाजसेवी बुद्धिजिवी नुमानन्द सुवेदी, एरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, मधेसीमुस्लिमका तर्फबाट जमिर शाह, कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, दलित सञ्जालका अध्यक्ष खड्गबहादुर नेपाली, अपाङ्ग सञ्जालका अध्यक्ष दुखराम सार्की, महिला सञ्जालकी अध्यक्ष सरस्वता पोख्रेल, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, वार्ड नागरिक मञ्चका बिश्वराज आचार्य र बाल सञ्जालकी अध्यक्ष शुशिला आचार्य लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहलेखापाल रेशमराज अधिकारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ