Skip to content
Friday, July 17, 2026 Nepali Online Media
January 8, 2017 झापा - JP, समाज

झापामा हात्तीको आतंक: सर्वसाधारण हैरान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २४, चारआली |  जंगली हात्तीको उपद्रोका कारण झापा दुहागढी–४ चारआलीका सर्वसाधरण आतङ्कित बनेका छन् । दिनहुँ गाउँ पसेर उपद्रो गर्दै आएपछि स्थानीय आतङ्कित हुदै आएका हुन् ।

शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा दारे हात्तीले ३ वटा घर भत्काउदा करिव तीन लाखबढीको क्षति  पुर्याएको छ । जंगली हात्तीले स्थानीय रुपनारायण गौतमको १० मन धान र ढिकुटी भत्काउनुका साथै सुपारी भाचेर करिव १ लाख बराबरको क्षति पुगेको छ ।  गौतमको ढिकुटीभित्र राखिएको भक्कारी भत्काएर आधा धान खानुका साथै आधा धान छरेर क्षति गरेको हो । त्यसैगरी गौतमका छिमेकी जुना भण्डारीको घरभित्रको एउटा कोठामा राखेको ८ मन धान क्षति गर्नुका साथै सेन्टरबेरा नै भत्काउदा करिव ८० हजार मूल्यको क्षति गरेको पीडित भण्डारीको भनाई छ ।

त्यस्तै सोही वडाको अर्का ऋषि खतिवडाले खान राखेको ६ मन चामल र बाँसको टाँटीको बेरा भत्काएर ५० हजारबढीको क्षति गरेको जना स्थानीय समाजसेवी लक्ष्मण कार्कीले बताए ।