Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने युवा पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी | पुस २४, कञ्चनपुर | कक्षा ११ मा पढ्दै गरेकी युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने महाकालीपारी चाँदनीका वर्ष २१ का विष्णु जोशीलाई प्रहरीले नियन्त्रणमा लिई कारर्वाही अगाडी बढाएको छ  ।

२०७३ बैशाख देखि सिलाई सिक्न गएको बेला एकअर्का भेटी मायाँ साटासाट गरेको र संगै जिउने सपना देखेर मायाँको गाँठोमा बाधिन पुगेकी वर्ष १८ की हिरा (नाम परिर्वतन गरिएको) प्रेमीले आफु बाहुन भएको र क्षेत्रीको छोरीसँग विवाह नगर्ने तथा बच्चा पनि आफ्नो नभएको भने पछि विच्चलीमा परेकी छिन् ।

समाजमा बस्न ग्राहो भएपछि सात महिनाको गर्भ लिएर महिला तथा वृद्ध सेवा केन्द्रको शरणमा पुगेकी उनले भनिन् । आफुले पहिलेनै आफु गर्भवती भएको प्रेमीलाई जानकारी गराएको त्यसबेला विवाह गर्ने धोका नदिने बचन गर्दै आएका, जोशी लगतै भदौ २९ गते भारत रोजगारीका लागि गएर पुसको महिना घर आएपछि जोशीले एक्कासि उनलाई स्विकार्न नसक्ने बताए पछि उनलाई सारै ग्राहो परेको, आफनो भन्दा पनि हुने वाला बच्चाको भविष्य के हुने भनेर चिन्तित रहेको उनले बताइन् ।

दुवै पक्षलाई बोलाएर यही पुस १५ गते इलाका प्रहरी कार्यालयले मिलोमतो गर्न खोज्दा जोशीआफुले नस्विकार्ने तथा जे गरे पनि गर तर मेरो बदनाम गरिस भने जिउदै मारिदिन्छु भनेर धम्की दिएको पिडितले बताइन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानव बेचविखन अन्तर्गत योनशौषण मुद्दा दर्ता गरि कारवाहि अगाडी बढाएको छ । कोही पनि निर्दोषले सजाय नपाउन तर  पिडित पक्षलाई न्याय दिलाउने र पिडक पक्षलाई कारवाही दिलाउन आफु लागेको महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष सारदा चन्दले बताउनु भयो ।