2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापका एक चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

पुस २५, रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । 

७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै जट्टेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्नुहुन्छ । 

इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उहाँलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो । 

सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उहाँलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो अनि उहाँले मैले पनि बढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको कार्की बताउनुहुन्छ । 

विद्यालयमा आफ्नै भाइ भतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उहाँ बताउनुहुन्छ । 

वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुबाजस्ता मान्छेलाई पढाउन पाउँदा विद्यालयका शिक्षक शिक्षिका पनि उत्तिकै खुसी रहेको जट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताउनुभयो । 

कुनै रोग नलागे अझै पढेर समाजमा केही गरेर देखाउने उहाँको चाहना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई