पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शि"/>
2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको पकरवासमा ३ दिने नि:शुल्क स्वास्थ शिविर

पुस २५, काठमाडौं । सुलिथुम्को श्रीदेवीथान यूवा क्लव र पकरवास माकादुम तामाङ एकता समाजको संयुक्त आयोजनामा पकरवास गोगनपानी रामेछापमा माघ ३ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा हुने उक्त शिविर माघ ३ देखि ५ गतेसम्म विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार रहेकोे कार्यक्रम संयोजक तथा सुलिथुम्को श्रीदेवीथान यूवा क्लवका सल्लाहकार किरण मोक्तानले जानकारी दिइन् । साथै विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरु आउने भएकाले उक्त शिविरमा सबै समुदायवासीलाई स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिन समेत अग्राह गरिन ।

सकारात्मक विकास सञ्चार केन्द्र तथा प्रगतिशिल महिला समाज नेपालको सहकार्यमा हुने शिविरमा आँखाको उपचारसंगै मोतिविन्दूको समेत नेपाल आँखा अस्पतालका विशिष्ठ चिकित्सकद्वारा आधुनिक औजार सहित शल्यक्रिया सम्पन्न गरिने उक्त अस्पतालका सामुदायिक इन्चार्ज कल्याण ढुंगानाले बताए । 

त्यस्तै मनमोहन मेमोरियल अस्पताल काठमाडौंका वरिष्ठ चिकित्सकहरुको टोलिले शारिरिक रोगीहरुलाई परिक्षण तथा औषधी वितरण गर्ने भएको छ । स्त्री–रोग, नाक, कान, घाँटी, दन्त लगाएत विभिन्न रोग सम्बन्धि परिक्षण तथा उपचार गरिनुको साथै इमरजेन्सी टीम सहित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालका प्रशासकिय अधिकृत नवराज रूपाखेतीको समन्वयमा सेवामा खटिने अस्पताल निर्देशक प्रो.डा. गुण कुमार श्रेष्ठले जानकारी दिए । 

गोगनपानी रामेछापमा हुने शिविरमा माकादुम, भिरपानी, गागल, मझुवा, राकाथुम, पिङखुरी गा.वि.स.र मन्थली नगरपालीका लगाएतका ग्रामिण क्षेत्रका आर्थिक अभावका कारणले उपचार गर्न कठिनाई भएका र सबै प्रकारका  आँखाका रोगी र विरामीहरुलाई परिक्षण तथा उपचारको सेवा पुर्याउने उद्देश्यले उक्त शिविरको आयोजना गरेको सुलि थुम्को श्रीदेवीथान यूवा क्लवका सल्लाहकार होम बुढाथोकीले बताए । 

शिविरलाई व्यवस्थित रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफल तथा तयारीमा स्थानीय संघसंस्था, गा.वि.स. र व्यक्तिहरु जुटिसकेको कार्यक्रम संयोजक किरन मोक्तानले बताईन् । त्यस्तै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले स्वास्थ्य शिविरसंगै स्वास्थ्य शिक्षा चेतना तथा अन्य जानकारीमूलक शान्देश सहति सम्पन्न हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई