2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको दोरम्बा गाविस खुल्ला दिशामुक्त गाविस घोषणा

प्रज्वल पाैडेल । पुस २६, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको छ । गाविस स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा मंगलबार भएकाे कार्यक्रममा जिल्ला खानेपानि तथा सरसफाई डिभिजन प्रमुख लोक बहादुर चौलागाईले दोरम्बालाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा वक्ताहरूले स्थानीय र सामाजिक संस्थाहरुको विषेश सक्रियताले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सफल भएको बताएका छन् । उनीहरुले खुल्ला दिशामुक्त क्षेत्रलाई व्यवस्थापन गर्न आग्रह गरेका छन् ।कार्यक्रममा वडा संयोजक,महिला स्वयम् सेविका, सामाजिक अभियानकर्ता र खुल्ला दिशामुक्त क्षेत्र बनाउन सम्लग्न विभिन्न संघ संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

गाविसमा जिल्ला खानेपानी डिभिजन कार्यालय, वृहत खानेपानि उपभोक्ता समिति, पहाडि समाज कल्याण केन्द्र, सबल परियोजना, आरआरएन र गाविसको कार्यालयको लागतमा ४ सय ५१ घरमा शाैचालय निर्माण गरिएको बताइएकाे छ ।गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा भएकाे कार्यक्रममा राजनैतिक दलकाप्रतिनिधि,संघसंस्था,शिक्षक,नागरिक समाज,महिला स्वयमसेविका लगाएतकाे सहभागीता रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई