2026-09-18 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बन्ने भो माझी बस्ती

पुस २७, बागलुङ । सडकका कारण विस्थापित बनेका यहाँका सीमान्तकृत माझी समुदाय पुनःस्थापित हुने भएका छन् । विसं २०४६ मा बागलुङ– पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएका माझी घर पाउने भएपछि खुसी भएका हुन् । 

बागलुङ नगरपालिका कार्यालयले माझी बस्ती व्यवस्थापन कार्र्य अघि बढाएको हो । माझी व्यवस्थापनको सबै काम एक वर्षभित्र पूरा गरिने घर निर्माण गर्ने ठेकेदार कम्पनी र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । 

बागलुङ नगरपालिका– १ खनियाँ बासमा १४ माझी परिवारका लागि घर निर्माण हुनेछ । प्रति एक परिवारले पाउने तीन आना जग्गामा तीन कोठे घर निर्माण हुने नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । 

‘ब्लक’ र जस्तापाता प्रयोग गरेर बनाइने एक तल्ले ती घर कुल रु ८२ लाख ३० हजारको लागतमा निर्माण हुने भएका छन् । 

नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा निर्माण हुने शौचालयसहितको तीन कोठे घर करिब रु ६ लाखमा निर्माण हुनेछ । । 

नगरपालिका र स्थानीयवासीको लामो प्रयासपछि माझी समुदायको दीर्घकालीन व्यवस्थापन सम्भव भएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीको भनाइ छ । ‘२०७४ दसैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्छौं, यो नगरपालिकाको प्राथमिकता प्राप्त र महत्वपूर्ण योजना हो’ अधिकृत अधिकारीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई