पुस २८, भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एक महिने माधवनारायण मेला एवम् व्रत सुरु भएको छ । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २८, भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एक महिने माधवनारायण मेला एवम् व्रत सुरु भएको छ । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमा"/>

2026-07-11 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला सुरु (फोटोफिचर)

2017-01-12


पुस २८, भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एक महिने माधवनारायण मेला एवम् व्रत सुरु भएको छ । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजदेखि यहाँ सुरु भएको हो । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर प्रसिद्ध माधवनारायण मेला भरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । 


माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिनुभयो । 

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले भक्तजन यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँले बताउनुभयो । 


राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवम् हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणी घाट बन्ने प्रचलन रहेको छ । 

एक महिना दिनसम्म यहाँ व्रत बस्न व्रतालुका लागि भने ढल बगेको पानीमा स्नान गर्नुपर्ने बाध्यता भएको माधवनारायण मेला व्यवस्थापन समितिले गुनासो गरेको छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा हरेक वर्ष व्रतालु घट्ने गरेको समितिका पदाधिकारीको भनाइ छ । 


केही वर्ष अघिसम्म व्रत बस्नेको सङ्ख्या ५० भन्दा बढी रहने गरेकामा नगरपालिकाले नदीमा ढल खसाल्न थालेपछि व्रतालुको सङ्ख्या घट्दै गएको र यसवर्ष पाँच जना महिला र चार जना बालकसहित १३ जना पुरुष मात्र व्रत बसेका छन् । 

व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट