२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन्

२०७३, २८ पुष बिहीबार ०९:१६

पुस २८, झापा । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । 

निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा रु एक करोड ६८ लाख ३९ हजार १२१ को लागतमा सुविधा सम्पन्न दुई तले भवन बनेको छ । 

नवनिर्मित स्वास्थ्य चौकीको भवन बाटोदेखि करिब १५० मिटरको दूरीमा खेतको बीचमा रहेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले सरकारले भवन निर्माणका लागि मात्र रकम दिने भएकाले जग्गाको समस्या त्यहीका स्थानीयवासीले समाधान गर्नुपर्ने बताउनुभयो । बाटोको टुङ्गो नलागी भवन निर्माण गर्न मिल्छ भन्ने राससकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो – “बाटोबिनै भवन कसरी बन्यो त्यो आश्चर्यको कुरा हो, स्थानीय स्वयम्ले यसको समाधान गर्नुपर्छ ।” 

बाटोका विषयमा गाविस सचिव सोमनाथ पौडेलसँग बुझ्दा उनले गाउँ परिषद्को भेलाबाट बाटोको समस्याको समाधान गर्ने बताउनुभयो । “एक साताभित्र गाउँ परिषद्को भेला बोलाएर बाटोको समस्या समाधान गर्ने तयारीमा हामी छौँ” – सचिव पौडेलले भन्नुभयो । 

जग्गादाताले पहिला बाटो दिने मौखिक सहमति गरे पनि हाल आएर नदिएपछि समस्या भएको उहाँको भनाइ छ । 

बाटो निश्चित नभइ भवन निर्माण गरिँदा अहिले स्वास्थ्य चौकी केचनामा समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो